July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

बाँसबारीको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने मालपोतको निर्णय

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ९, २०८० १७:३५
बाँसबारीको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने मालपोतको निर्णय

बाँसबारी छाला जुत्ताको १० रोपनी जग्गा सरकारको नाममा आएको छ। सरकारले मालपोत ऐनको प्रयोग गर्दै बाँसबारी छाला जुत्ताको नामबाट निजी कम्पनीको नाममा पुगेको जग्गा सरकारको नाममा ल्याउने निर्णय गरेको हो।

च्याम्पियन्स फुटवेयरहुँदै अहिले चाँदबाग रेसिडेन्सीको नाममा रहेको १० रोपनी जग्गा सरकारको नाममा गर्ने निर्णय मालपोत कार्यालय डिल्लीबजारले गरेको हो। अध्ययनमा सरकारी जग्गा निजी कम्पनीको नाममा गर्न मन्त्रीपरिषद्को सहमति र स्वीकृति भएको नदेखिएको भन्दै सरकारले जग्गा आफ्नो नाममा ल्याउने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जानकारी दिए।डिल्लीबजार मालपोत कार्यालयले बाँसबारीमा रहेको कित्ता नम्बर १६ र कित्ता नम्बर ५८ मा रहेको जम्मा १० रोपनी जग्गा मालपोत ऐन अनुसार नेपाल सरकारको नाममा ल्याउने निर्णय भएको मन्त्री अधिकारीले जानकारी दिए।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले राज्यको सम्पत्ति विभिन्न तरिकाबाट व्यक्तिको नाममा लैजाने काम प्रशस्त देखिएको र प्रमाण भेटिएका जग्गाहरू सरकारीकरण गर्ने अभियान सुरु गरेको बताए।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ९, २०८० १७:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्