sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

१३७ जनाको मृत्यु हुनेगरी मस्कोमा भएको आक्रमणका चार आरोपीलाई आतंकवादको मुद्दा चलाउँदै रुस

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० ११:३२
१३७ जनाको मृत्यु हुनेगरी मस्कोमा भएको आक्रमणका चार आरोपीलाई आतंकवादको मुद्दा चलाउँदै रुस

मस्कोको कन्सर्ट हलमा भएको आक्रमणमा कम्तीमा १३७ जनाको ज्यान जाने गरी भएको आक्रमणका चार संदिग्ध आक्रमणकारीविरुद्ध रुसले मुद्दा चलाएको छ।

सबै संदिग्धहरूलाई आँखामा पट्टी बाँधेर मस्कोको अदालतमा ल्याइएको थियो, जसमध्ये एक ह्वीलचेयरमा थिए। सबैलाई आतंकवादको आरोप लगाइएको छ।
यी चार अभियुक्तहरूको नाम दलर्दजोन मिर्जोएभ, सैदाक्रामी मुरोदली रचाबलिजोडा, शम्सिदिन फरीदुनी र मुहम्मदसोबिर फैजोभ हुन्। सार्वजनिक भिडियोमा प्रहरीले तीन जना अभियुक्तलाई आँखामा पट्टी बाँधेर रुसको राजधानी बसमेनी जिल्ला अदालतमा लैजाँदै गरेको देखिन्छ। सबै अभियुक्त घाइते अवस्थामा छन्। इस्लामिक स्टेट समूहले शुक्रबार क्रोकस सिटी हलमा आक्रमण गरेको भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेको थियो। यसैबीच रुसी अधिकारीहरूले कुनै प्रमाणविना नै यस घटनामा युक्रेनको संलग्नता रहेको आरोप लगाएका छन्। तर युक्रेनले भने यी दाबीहरूलाई बेतुक भनेको छ।बन्दुकधारीहरूले क्रोकस सिटी हलमा कन्सर्ट आयोजना गर्ने क्रममा आक्रमण गरेका थिए। अन्धाधुन्ध गोली चलाएपछि उनीहरूले हलमा आगजनी गरेका थिए । यस आक्रमणमा कम्तीमा १४० जना घाइते भएका छन्।

१३७ जनाो मृत्युको शोकमा रुसमा आइतबार एक दिन शोक मनाइयो। राष्ट्रिय झण्डा आधा झुकाइयो भने पूर्वनिर्धारित अधिकांश कार्यक्रमहरू रद्द वा स्थगित भए।

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० ११:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid