May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

१३७ जनाको मृत्यु हुनेगरी मस्कोमा भएको आक्रमणका चार आरोपीलाई आतंकवादको मुद्दा चलाउँदै रुस

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० ११:३२
१३७ जनाको मृत्यु हुनेगरी मस्कोमा भएको आक्रमणका चार आरोपीलाई आतंकवादको मुद्दा चलाउँदै रुस

मस्कोको कन्सर्ट हलमा भएको आक्रमणमा कम्तीमा १३७ जनाको ज्यान जाने गरी भएको आक्रमणका चार संदिग्ध आक्रमणकारीविरुद्ध रुसले मुद्दा चलाएको छ।

सबै संदिग्धहरूलाई आँखामा पट्टी बाँधेर मस्कोको अदालतमा ल्याइएको थियो, जसमध्ये एक ह्वीलचेयरमा थिए। सबैलाई आतंकवादको आरोप लगाइएको छ।
यी चार अभियुक्तहरूको नाम दलर्दजोन मिर्जोएभ, सैदाक्रामी मुरोदली रचाबलिजोडा, शम्सिदिन फरीदुनी र मुहम्मदसोबिर फैजोभ हुन्। सार्वजनिक भिडियोमा प्रहरीले तीन जना अभियुक्तलाई आँखामा पट्टी बाँधेर रुसको राजधानी बसमेनी जिल्ला अदालतमा लैजाँदै गरेको देखिन्छ। सबै अभियुक्त घाइते अवस्थामा छन्। इस्लामिक स्टेट समूहले शुक्रबार क्रोकस सिटी हलमा आक्रमण गरेको भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेको थियो। यसैबीच रुसी अधिकारीहरूले कुनै प्रमाणविना नै यस घटनामा युक्रेनको संलग्नता रहेको आरोप लगाएका छन्। तर युक्रेनले भने यी दाबीहरूलाई बेतुक भनेको छ।बन्दुकधारीहरूले क्रोकस सिटी हलमा कन्सर्ट आयोजना गर्ने क्रममा आक्रमण गरेका थिए। अन्धाधुन्ध गोली चलाएपछि उनीहरूले हलमा आगजनी गरेका थिए । यस आक्रमणमा कम्तीमा १४० जना घाइते भएका छन्।

१३७ जनाो मृत्युको शोकमा रुसमा आइतबार एक दिन शोक मनाइयो। राष्ट्रिय झण्डा आधा झुकाइयो भने पूर्वनिर्धारित अधिकांश कार्यक्रमहरू रद्द वा स्थगित भए।

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० ११:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।