April 22, 2024 | सोमवार, बैशाख १०, २०८१
सुचनाहरु
रेशम चौधरीको रिट हेर्न नभ्याइनेमा शेयर बजार १२ अङ्कले बढ्याे लुम्बिनी प्रदेश सरकारबाट जसपा बाहिरियाे ढोलाहिटी हत्या घटनामा ५ जनाविरुद्ध मुद्दा दर्ता कतारका अमिर मंगलबार दुई दिने नेपाल भ्रमणमा आउने चामलभित्र लागुऔषध ओसारपसार गर्ने २ जना पक्राउ गृहमन्त्री लामिछानेको सहकारी प्रकरण सत्ता समीकरणसँग जोडिएर आयो : मन्त्री चौधरी विपिन जोशीलाई सकुशल फर्काउन कूटनीतिक पहल भइरहेको छ : प्रधानमन्त्री तत्काल वामपन्थी एकता हुदैन- प्रधानमन्त्री प्रचण्ड विकल पौडेलविरुद्ध मुद्दा दायर उपाध्यक्ष घिमिरे पार्टीका सबै जिम्मेवारीबाट अलग नाउपाको अध्यक्ष विवादको मुद्दा न्यायाधीश भट्टराई र शर्माको इजलासमा विवाहबाट फर्कँदै गर्दा दुर्घटना : नौजनाको मृत्यु सुनको मूल्य स्थिर काठमाडौं उपत्यकाको वायुप्रदूषण अझै अस्वस्थ, आज १६३ एक्यूआइ मापन एसीसी प्रिमियर कप : उपाधिका लागि आज यूएई र ओमान खेल्दै झापाको बिर्तामोडमा कारको ठक्करबाट एक बालकको मृत्यु कुवेतमा श्रम स्वीकृतिबमोजिमको काममा कडाइ हिउँ पहिरोले वीरेन्द्र ताल फुट्दा बुढीगण्डकी नदीमा पानीको उच्च बहाब भक्तपुरमा बाघको आक्रमणबाट एक बालिका घाइते

झापामा काकाद्वारा भतिजमाथि गोली प्रहार, घटनापछि आफैलाई गोली हानेर गरे आत्महत्या

  • साझा परिवेश
  • बुधबार, कार्तिक २, २०७९ १३:२३
झापामा काकाद्वारा भतिजमाथि गोली प्रहार, घटनापछि आफैलाई गोली हानेर गरे आत्महत्या

झापा । झापामा आफैलाई गोली हानेर एक जनाले आत्महत्या गरेका छन् ।  घरायसी विवादको क्रममा भतिजमाथि गोली प्रहार गरेका गौरादह नगरपालिका–८ स्थित जुरोपानी निवासी ३५ वर्षका बिरन शाहले घटनापछि आफैलाई गोली हानेका थिए ।

उनले आफ्नै कन्चटमा गोली हानेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार मंगलबार साँझ ७ बजे बिरनले घरयाशी सामान्य विवादको क्रममा उनका दाइ उमेश साहको छोरा (भतिज) पर्ने १५ वर्षीय  हेमराज साहलाई आफ्नै घर अगाडि सानो चाइनिज (होम मेड पेस्तोल) ले गोली प्रहार गरेर घाइते बनाएका थिए ।

हेमराजको ढाड गोली लागेको थियो । घाइते भएका उनलाई तत्काल उपचारको लागि लाइफलाइन अस्पताल दमक लगिएको र त्यहाँबाट थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएको छ ।

घटना भए लगतै घटनास्थल पुगेका इलाका प्रहरी गौरीगञ्जको टोलीले गोली हान्ने बिरनको खोजी गर्ने क्रममा घरदेखि १०० मिटर उत्तर पर्ने सुकुना खोला किनारमा कन्चटमा गोली लागेको अवस्थामा उनलाई मृत फेला पारेको डीएसपी पाठकले बताए । मृतक विरेन सशस्त्र प्रहरीबाट अवकाश प्राप्त कर्मचारी हुन् । प्रहरीले एक थान होम मेड पेस्तोल, दुई थान म्यागेजिन र १४ राउन्ड गोली समेत फेला परेको छ ।

घटनाको बारेमा इलाका प्रहरी कार्यालय दमकका डीएसपी दिलीप कुमार गिरी र इलाका प्रहरी कार्यालय गौरीगञ्जका इन्स्पेक्टर जितेश दाहालको कमान्डमा खटिएको टोलीले थप अनुसन्धान अघि बढाएको छ ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक २, २०७९ १३:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।