बारामा दाइजोमा सुनको सिक्री नपाएको भन्दै बिहे रद्द गरेको आरोपमा पक्राउ परेका बेहुलासहित पाँच जना धरौटीमा रिहा भएका छन्।
पक्राउ परेका बेहुला बारा कलैया उपमहानगरपालिका-४ बस्ने उमेश साह गोढ, उनका बुवा बच्चालाल साह गोढ, बेहुलाका दाइहरू राकेश कुमार साह, मुकेश कुमार साह र बेहुलाको भिनाजु बारा परवानीपुर गाउँपालिका-५ बस्ने रामएकवाल साह धरौटीमा रिहा भएका हुन्।
फागुन २८ गते राति जन्ती लिएर वीरगञ्ज महानगरपालिका-२४ मा पुगेका बेहुला उमेशसहित पाँचै जनाले सुनको सिक्री नपाएको भन्दै बेहुला पक्षले विवाद निकालेपछि बेहुली पक्षकाहरूसँग विवाद भएको थियो।