July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

कौवाखोज सडक जाम गर्न बाध्य हुन्छन् स्थानीय

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १४:३४
कौवाखोज सडक जाम गर्न बाध्य हुन्छन् स्थानीय

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं–१० जल्पापुरका स्थानीयहरुले सुनसरीको इनरुवा देखी देवानगंज गाउँपालिका सम्म जोड्ने कौवाखोज सडक जाम गरेको छ ।
लामो समयदेखि धुलो खाँदै आएको र स्थानीय,प्रदेश तथा संघीय सरकारले आश्वासन मात्र दिएको कारण स्थानीहरुले आइतबार बाध्य भएर उक्त सडक जाम गरेको हो ।
यस अघि इनरुवा नगरपालिका वडा नं–९ का स्थानीयहरुले उक्त सडक पटकपटक जाम गर्दै आएका थिए ।
सडक जाम भएपश्चात जनप्रतिनिधिहरू गएर आश्वासन दिए तर सडक बनाउन कुनै पहल नगरेको उक्त सडलाई जनप्रतिनिधिहरूले चुनावी एजेण्डाको रुपमा मात्र लिएको स्थानीय बताउँछन् ।
सडक जाम भएपछि जनप्रतिनिधिहरूले सडकमा पानी छर्किन लगाएर गायब हुनेगरेको स्थानीयहरुको गुनासो छ ।
कौवाखोज सडकको अवस्था अहिले यस्तो दयनीय अवस्थामा पुगेको छ कि सो सडक हुँदै ठूला सवारी साधनको त कुरै छौडौं, साइकल, सिटी रिक्सा समेत चलाउन समस्या हुने गरेको सुनिल शर्माले जानकारी दिए ।
धुलोको कारणले मानव जीवनमा असर परिरहको र सम्बन्धित निकाय मौन भएको कारणले पटकपटक सडक जाम गरेर सम्बन्धित निकायलाई घचघच्याउने प्रसाय  गरिरहेको शर्माले जानकारी दिए ।
उक्त सडकलाई आफ्नो प्रमुख चुनावी एजेण्डा बनाएर ‘आफ्नो कार्यकालमा जसरी पनि पुरा गर्ने’ प्रतिबद्धता गर्दै भोट आएका पूर्व राज्य मन्त्री सिताराम मेहतालाई दुई–दुई पटक यसै क्षेत्रका जनताले निर्वाचित गराएका थिए ।
मेहताले यो कौवाखोज सडक बनाउन त के मर्मत सम्भारमा समेत ध्यान नदिएकै कारणले २०७९ को प्रतिनिधि सभा सदस्य पदमा पराजय भोग्नुपरेको स्थानीय बताउँछन् ।
सिताराम मेहता १० वर्ष सम्म सांसद रहँदा समेत यो सडक अझै बन्न सकेन । मेहता १० बर्ष सम्म सांसद रहँदा बन्न नसकेको सडक बनाउन एमाले नेता भीम प्रसाद आचार्यले पहल गर्छ भन्ने आस गरेका स्थानीय अहिले निरास भाएका छन् ।
मेहतालाई दुई–दुई पटक सांसद बनाएर पठाउँदा नगरेका कामहरू एमाले नेता आचार्यले गर्छ भन्ने आशाका साथ सुनसरी निर्वाचन क्षेत्र नं–२ का जनताले आचार्यलाई जिताएर पठाए । तर आचार्यले पनि उक्त सडकको बारेमा खासै चासो नदेखाएको स्थानीय बताउँन् ।
स्थानीय भन्छन्“ जे का लागि पुरानो फालेर नयाँ ल्यायौं त्यो पुरानो भन्दापनि काम नलाग्ने रैछ ।,‘ चुनाव भन्दा अगाडि ठुल्ठुला सपना देखाएर अनुहार हेराउँन पनि आउँदैन,यो भन्दा राम्रो त मेहता नै थिए काम गर्न नसकेपनि शुःख,दुःखमा आउँथे ।”

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १४:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्