October 13, 2024 | आइतवार, अशोज २७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

निजी विद्यालयलाई नाम नेपालीकरण गर्न महानगरपालिकाको अल्टिमेटम

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १६, २०८० ११:४३
निजी विद्यालयलाई नाम नेपालीकरण गर्न महानगरपालिकाको अल्टिमेटम

काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम दिएको छ ।

महानगरापलिकाले बिहीबार एक सूचना जारी गर्दै निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम दिएको हो ।

शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भएबमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था भएकोले सो व्यवस्था बमोजिम विद्यालयको नामाकरण गर्न समेत सूचनामा भनिएको छ ।

महानगरपालिका अन्तर्गतको शिक्षा विभागद्वारा जारी सूचनामा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नका लागि प्रक्रिया अघि बढाई एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित निवेदन पेस गर्न सबै निजी विद्यालयहरुलाई अनुरोध गरिएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १६, २०८० ११:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्