गुण्डागर्दी फैलाएको आरोपमा कपनबाट एक जना पेस्तोलसहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका-९ घर भई काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्ने २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बु रहेका छन्।
गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने व्यक्तिहरूको खोजतलास गर्ने क्रममा शंकास्पद गतिविधिहरू गरेको सूचनाको आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।