July 16, 2025 | बुधबार, साउन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सरकार ३ खर्बको खाडलमा

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १५:५७
सरकार ३ खर्बको खाडलमा

काठमाडौं ।।

  • खातामा १ खर्ब ८० अर्ब ४२ करोड रुपैयाँ मौज्दात रहेको
  • खातामा रहेको मौज्दात रकम निरन्तर घट्दो क्रम
  • २०७९ असार मसान्तसम्म सरकारका खातामा २ खर्ब २५ अर्ब ८० करोड रुपैयाँ मौज्दात रहेको थियो
  • सरकारको खर्च र आम्दानीका बीचमा २ खर्ब ९१ अर्ब ५१ करोड रुपैयाँको खाडल
  • वैशाख मसान्तसम्म सरकारले १० खर्ब ४७ अर्ब रुपैयाँ खर्च गरेको
  • सरकारले गर्ने आम्दानी भने मात्र ७ खर्ब ५६ अर्ब २५ करोड रुपैयाँ रहेको
  • २९१ अर्ब ५१ करोड रुपैयाँको खाडल सरकारको आम्दानी र खर्चका बीचमा
  • सरकारको कुल खर्च १५.३ प्रतिशतले बढेको छ
  • राजस्व परिचालन भने १२.६ प्रतिशतले कमी

नेपाल सरकारका विभिन्न खातामा १ खर्ब ८० अर्ब ४२ करोड रुपैयाँ मौज्दात रहेको देखिएको छ । यो स्थानीय र प्रदेश सरकार समेतको खातामा रहेको रकम हो । सरकारका खातामा रहेको मौज्दात रकम निरन्तर घट्दो क्रममा छ । २०७९ असार मसान्तसम्म सरकारका खातामा २ खर्ब २५ अर्ब ८० करोड रुपैयाँ मौज्दात रहेको थियो ।

यस वर्ष आम्दानी खुम्चिएका कारण सरकार स्रोत व्यवस्थापनमा चरम संकटमा छ । सोहीकारण सरकारको खर्च र आम्दानीका बीचमा २ खर्ब ९१ अर्ब ५१ करोड रुपैयाँको खाडल देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यस वर्ष वैशाख मसान्तसम्म सरकारले १० खर्ब ४७ अर्ब रुपैयाँ खर्च गरेको छ । सरकारले गर्ने आम्दानी भने मात्र ७ खर्ब ५६ अर्ब २५ करोड रुपैयाँ रहेको छ । यसबाट २९१ अर्ब ५१ करोड रुपैयाँको खाडल सरकारको आम्दानी र खर्चका बीचमा देखिन्छ ।

सरकारको कुल खर्च गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १५.३ प्रतिशतले बढेको छ । राजस्व परिचालन भने १२.६ प्रतिशतले कमी आएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १५:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट