April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

खुल्ला बहसका लागि गृहमन्त्री लामिछानेलाई विश्वप्रकाशको निम्तो

  • साझा परिवेश
  • बुधबार, चैत्र २१, २०८० १३:११
खुल्ला बहसका लागि गृहमन्त्री लामिछानेलाई  विश्वप्रकाशको निम्तो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बहसका लागि छानबिन समितिको कर्यालयमा आउन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निम्तो दिएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले रविलाई कुन कुन विषयमा बहस गर्ने हो त्यो आफूहरुलाई मान्य हुने जानकारी गराउँदै छानबिन समितिको कार्यालयमा डाकेका हुन् । सहकारी ठगीमा जोडिएको भन्दै कांग्रेसले रविविरुद्ध छानबिन समिति बनाउन माग गर्दै आएको छ । तर, सरकारले मान्ने छाँटकाँट देखिएको छैन् ।

“माननीय गृहमन्त्रीजीमा उत्साह छ । उर्जा छ, बोल्दै गर्दा हामीभन्दा ठूलै स्वरमा बोल्न सक्नुहुन्छ । आउनुस् बहस गर्नका लागि ठाउँ निर्धारित गर्न चाहन्छु । नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र स्थापना हुने संसदीय छानबिन समितिको कार्यालयमा उहाँलाई निमन्त्रण गर्न चाहन्छु,” उनले भने ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २१, २०८० १३:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।