May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

आखिल क्रान्तिकारी दमक क्याम्पसको अध्यक्षमा प्रविन

  • साझा परिवेश
  • सोमवार, चैत्र २६, २०८० 0७:३१
आखिल क्रान्तिकारी दमक क्याम्पसको अध्यक्षमा प्रविन

दमक । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को दमक क्याम्पसको १०औं इकाइ सम्मेलन सम्पन्न भएको छ । आइतबार प्रवीण योगीको अध्यक्षतामा ४५ सदस्यीय इकाइ कमिटी गठन गर्दै सम्मेलन सम्पन्न भएको हो ।

कमिटीको उपाध्यक्षमा मनिस बुढाथोकी, सिसम्पा गुरुङ, सागर थापा चयन भएका छन् । सचिव प्रवीण कार्की, सहसचिव सबिना उप्रेती, अनिस बिस्ट, रेगन दुतराज र कोषाध्यक्षमा प्रयुसा राई चयन भएका छन् । इकाइ इन्चार्ज भिस्महाङ सम्बाहाम्फे (आसिस) चयन भएको अखिल क्रान्तिकारी झापाका अध्यक्ष रञ्जन धमलाले जानकारी दिए ।

सम्मेलनको अवसरमा कक्षा १२ का विद्यार्थीलाई बिदाइ साथै विभिन्न साँस्कृतिक नृत्य तथा गायन कार्यक्रम आयोजना गरिएकोे विद्यार्थी फ्याक्सन इन्चार्ज उमेश खनालले जानकारी दिए ।

नवनिर्वाचित इकाइ कमिटीले क्याम्पस प्रमुख यज्ञराज गिरी (राम) सँग भेटघाट गरि विद्यार्थीको हकहितका लागि सदैव अघि बढ्ने र क्याम्पसको गरिमालाइ उच्च राख्न अखिल क्रान्तिकारीको पुर्ण सहयोग रहने बिषयमा छलफल गरिएको इकाइ कोषाध्यक्ष प्रयुसा राइले बताइन् ।

कार्यक्रममा जिल्ला अध्यक्ष रन्जन धमला, नगर अध्यक्ष रवि बस्नेत, प्राध्यापक राधिका ओझा, प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङ लगायतले आफ्नो धारणा तथा शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा अखिल क्रान्तिकारी जिल्ला उपाध्यक्ष नविन सिटौला, सचिव राजन चापागाईं, प्रेस चौतारी नेपाल झापा अध्यक्ष मन कुमार गदाललगायत उपस्थित थिए ।

इकाइ संयोजक लक्ष्मी नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रम रेगन दुतराजले सञ्चालन गरेका थिए ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २६, २०८० 0७:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।