July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

२५ वर्षपछि ब्रह्मानन्दनको बलिउड कमब्याक

  • Rashila Bhandari
  • सोमवार, माघ २९, २०८० १६:२२
२५ वर्षपछि ब्रह्मानन्दनको बलिउड कमब्याक

टलिउडका ‘कमेडी किङ’का रुपमा परिचित अभिनेता ब्रह्मानन्दमले २५ वर्षपछि बलिउडमा कमव्याक गर्ने भएका छन् ।

हालै उनले लामो समयपछि टलिउडमा पनि कमव्याक गरेका थिए । उनको उपस्थितिलाई दर्शकले लामो समयदेखि प्रतिक्षा गरिरहँदा ‘कीडा कोला’मार्फत टलिउड कमव्याक गरेका थिए । ब्रह्मानन्दमले यसपटक गुरु रंधावाको फिल्म ‘कुछ खट्टा हो जाए’मार्फत बलिउडमा कमव्याक गर्न लागेका हुन् । यो फिल्ममा गुरु नै ‘हिरो’का रुपमा डेब्यू गर्दैछन् । फिल्ममा सई मान्जरेकर अभिनेत्रीका रुपमा हुनेछिन् । उनलाई ‘मेजर’ र ‘स्कन्द’ जस्ता फिल्मका लागि दर्शकले चिन्दछन् ।

फिल्ममा जी अशोकको निर्देशन रहनेछ । फिल्ममा ब्रह्मानन्दनको भूमिका कस्तो हुनेछ भन्ने हालसम्म केही खुलेको छैन । फिल्म फेब्रुअरी १६ मा रिलिज हुँदैछ । ब्रह्मानन्दले अमिताभ बच्चन अभिनित फिल्म ‘सूर्यवंशम’मार्फत बलिउडमा डेब्यू गरेका थिए ।
उनलाई साउथका सुपरस्टार प्रभासको फिल्म ‘द राजा साब’ र राम चरणको फिल्म ‘गेम चेञ्जर’को पनि प्रस्ताव आएको छ । ब्रह्मानन्दमको तेलुगू फिल्ममा ठूलो योगदान छ । उनले कैयौं राम्रा फिल्ममा अभिनय गरेका छन् ।

उनले सयौं फिल्ममा आफ्नो कमेडी अभिनय देखाइसकेका छन् । आचार्य नागार्जुन युनिभर्सिटीले उनलाई ‘डक्टरेट’को उपाधि पनि दिइसकेको छ । उनको पारिश्रमिक अन्य कमेडीयनको भन्दा उच्च छ ।

  • Rashila Bhandari
  • सोमवार, माघ २९, २०८० १६:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्