sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपालको बलिङ कोच भए लगत्तैरोडी रोडी इस्टविकले दिए यस्तो प्रतिक्रिया

  • साझा परिवेश
  • सोमवार, चैत्र २६, २०८० १३:२८
नेपालको बलिङ कोच भए लगत्तैरोडी रोडी इस्टविकले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बलिङ प्रशिक्षकमा वेस्ट इन्डिजका रोडी इस्टविकलाइ नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार नियुक्त गरेको छ।

क्यानले आइतबार एक विज्ञप्ति जारी गर्दै एस्टविकको नियुक्तिबारे जानकारी दिएको हो । आइसिसी टी-२० विश्वकप अघि उनलाई बलिङ प्रशिक्षक नियुक्त गरिएको हो। वेस्ट इन्डिजका उनीसँग क्षेत्रीय टिमसँग काम गरेको अनुभव छ।

६३ वर्षीय इस्टविक पछिल्लो समय वेष्ट इण्डिजको बी टीमको प्रशिक्षक थिए । उनले ३७ प्रथम श्रेणी र ४२ लिस्ट ए क्रिकेट प्रतियोगिता खेलेका छन्। प्रथम श्रेणीका ४९ खेलमा उनले ३७६ रन बनाएका थिए भने १४१ विकेट लिएका थिए। लिस्ट ए का ४२ खेलमा उनले १०० रन बनाउँदा ४३ विकेट लिएका थिए।

एस्टविकले वेस्ट इन्डिजको सिनियर टोलीको बलिङ प्रशिक्षकको रुपमा पनि काम गरेका छन् । उनले सन् २०१६ देखि २०२२ मा पटक पटक वेस्ट इन्डिजको जिम्मेवारी सम्हालेका थिए ।

बलिङ प्रशिक्षकमा नियुक्त भएपछि एस्टविकले प्रतिक्रिया दिँदै नेपाली राष्ट्रिय टोलीमा काम गर्न पाउनु आफ्नो लागि गर्वको विषय रहेको उनले बताएका छन्।

‘ नेपाली क्रिकेटसँग काम गर्ने अवसर पाउँदा गर्वको अनुभव गरेको छु । मैले पछिल्लो ८ वर्ष वेस्ट इन्डिजको सिनियर टोलीसँग बटुलेको अनुभव साट्नेछु । पछिल्लो समय नेपालले क्रिकेटमा राम्रो गरिरहेको छ। नेपाली क्रिकेटलाई अझैमाथि लैजानका आफ्नो तर्फबाट सकिने प्रयास गर्नेछु,’ उनले भने ।

नेपालका वर्तमान प्रशिक्षक मोन्टि देशाइ वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षक हुँदा यी दुईले सँगै काम गरेका थिए । साथै मुख्य प्रशिक्षक मोन्टि देशाइले एस्टविकसँग काम गरेको अनुभवले उनी नेपालको लागि राम्रो गर्नेमा आफू विश्वस्त रहेको बताए छन् । एस्टविकलाई आइसीसी टि२० विश्वकप सम्मका लागि अनुबन्ध गरिएको हो । एस्टविकले यसै साता ओमानमा सुरु हुने एसीसी मेन्स प्रिमियर कपबाट टोलीसँग जोडिनेछन् ।

नेपाली क्रिकेट टिम भारतमा तयारी गरेपछि ओमा

  • साझा परिवेश
  • सोमवार, चैत्र २६, २०८० १३:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid