October 1, 2023 | आइतवार, अशोज १४, २०८०
सुचनाहरु
१९ वर्षमुनिको साफ : पाकिस्तानलाई ३ गोलले हराउँदै भारतले जित्यो उपाधि आजको राशिफल : वि.सं. २०८० असोज १४ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य “रुपान्तरण” मुक्तक सङ्ग्रहको लोकार्पण चलचित्र ‘थत्थामा’को छायांकन सुरु, नायकमा डेव्यू गर्दै हाङ चेम्जोङ विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अध्यक्षमा शान्ता कार्की चयन मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो गुडिरहेको स्कुटरमाथि रुख खस्दा एकको मृत्यु सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी विद्यालयको छात्रावासमै झुन्डिएको अवस्थामा भेटिए आठ वर्षीय बालक एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा आजको राशिफल : वि.सं. २०८० असोज १३ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य अभिनेता अनमोल केसी पक्राउ डाक्टर कुट्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ : डा. केसी अन्तरिक्षमा ३७१ दिन बिताएर पृथ्वी फर्किए फ्र्यांक रुबियो, राखे नयाँ रेकर्ड डेंगीले दैनिक १४ सय संक्रमित थपिँदै सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट काट्ने क्रम बढ्यो चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न निर्देशन इटहरीस्थित विराटनगर रोडमा भयानक दुर्घटना, २ जनाको अवस्था चिन्ताजनक सरकारले अर्थ समितिको ८० प्रतिशत निर्देशन मानेन : सभापति चालिसे आफ्नै घरमा मोटर मर्मत गर्दा गर्दै करेन्ट लागेर मृत्यु

आठ वर्षमा निर्माण भयो रामपुर अस्पताल

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ ११:४६
आठ वर्षमा निर्माण भयो रामपुर अस्पताल

रामपुर । पाल्पा जिल्लामै सरकारी तवरमा सबैभन्दा ठूलो अस्पताल रामपुरमा निर्माण भएको छ।

निर्माण कार्य सुरु भएको करिव आठ वर्षमा ५० शय्याको रामपुर अस्पताल भवन निर्माण भएपछि स्थानीयलाई सहज हुने भएको छ।

नयाँ भवनको संरचना तयार भएपछि विशेषज्ञसहितको सेवा पाउने आशामा स्थानीय छन्। यस अस्पताल २०७२ सालमा पचास शय्यामा स्तरोन्नति भए तापनि पन्ध्र शय्याकै पुरानो भवनबाट खुम्चिएर सेवा दिइएकोमा नयाँ भवन निर्माण भएपछि सेवा प्रवाहमा धेरै सहज हुने स्थानीयवासी तथा अस्पताल विकास समितिका पूर्वउपाध्यक्ष फणेश्वर गौतम बताउँछन्।

‘पचास शय्यामा स्तरोन्नति भए तापनि भवन तयार नभएकाले विशेषज्ञ सेवा सञ्चालन हुन नसक्दा यस क्षेत्रका स्थानीय विशेषज्ञ सेवा लिन बुटवल, पोखरा, काठमाडौँ, चितवन जानुपर्ने बाध्यता बन्यो’, उनले भने, ‘भवनको संरचना तयार भएको हुदा सो सेवा रामपुरबाटै पाएपछि स्थानीयलाई अन्यत्र जानुपर्ने समस्या हट्नेछ।’

एक हजार सात सय वर्गमिटरमा फैलिएर तयार भएको अस्पतालको भवनसहितको संरचना भ्याटबाहेक रविना कन्ट्रक्सन प्रालि काठमाडौँले २०७२ कात्तिक १७ गते सम्झौता गरी रु २० करोड दुई लाखको लागतमा भवन निर्माण गरेको हो। आर्थिक वर्ष २०७२/७३ को पुसदेखि निर्माण कार्य सुरु गरिएको सो भवन कोभिड- १९ को असरले गर्दा धेरै समय लम्बिन पुग्यो।

अस्पतालका निमिक्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विजय परियारले पचास शय्यामा स्तरवृद्धि भए पनि भवन निर्माण नहुँदा प्राथमिक सेवा केन्द्रको संरचनामा सेवा प्रदान गर्दै आएकोमा नयाँ भवनबाट बहुविशेषज्ञ सेवा दिने लक्ष्यसहित अघि बढेको बताउँदै हिजोको दिनमा भन्दा फरक ढङ्गले सेवा प्रवाह गर्ने जानकारी दिए।

पाल्पाको पूर्वी भेग, स्याङ्जा, तनहुँ र नवलपुर (नवलपरासी सुस्ता पूर्व) को केन्द्र भागमा रहेको यस अस्पताल कालीगण्डकी करिडोर सडकसँगै जोडिएको छ। सडक सञ्जाल विस्तार र जनघनत्व बढ्दै जाँदा यस अस्पतालमा बिरामीको चाप उत्तिकै बढ्दो छ। हिजोका दिनमा सामान्य उपचारका लागि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, बुटवल जाने स्थानीय सडक सुविधा जोडिएपछि रामपुर अस्पतालमै जाने क्रम बाक्लिदो छ। यहाँ दैनिक तीन सय बढी बिरामीले सेवा लिइरहेका छन्।

सडक सुविधाले गर्दा रामपुर चार जिल्लाको केन्द्रमा जोडिएसँगै अन्यत्र जाने नागरिक हिजोआज रामपुर अस्पतालमै उपचारमा आउने क्रम बढेकाले सेवाको दायरा फराकिलो बनाउँदै कर्मचारी व्यवस्थापन गरी विशेषज्ञ सेवा दिने तयारीमा रहेको अस्पताल विकास समिति अध्यक्ष रामप्रसाद ढकाल बताउँछन्।

‘भवन अभावमा विशेषज्ञ सेवा सुरु गर्न सकिएको थिएन, अब संरचना तयार भएको छ, विशेषज्ञ सेवा सञ्चालन गरेर प्रभावकारी सेवा दिने तयारीमा छौँ’, उनले भने। पाल्पा सदरमुकाम तानसेन देखि करिब ६५ किलोमिटर पूर्वमा रहेको यस अस्पतालमा हाल प्रसूति, एपेण्डिसाइटिस, हर्निया, हाइड्रोसिललगायतको शल्यक्रियामार्फत उपचार हुन थालेपछि स्थानीयलाई ठूलो राहत पुगेको छ।

सो समस्याको उपचारका लागि यसअघि सदरमुकाम तानसेन, बुटवल, पोखरा, काठमाडौँ जानुपर्ने बाध्यता थियो। रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले पूर्वाधार निर्माण अब स्तरीय सेवा कसरी दिने भन्नेतर्फ केन्द्रित हुनुपर्ने बताउँदै यस अस्पताल रामपुरमा मात्रै नभई गण्डकी बेँसी क्षेत्रका नागरिकको लागि प्रत्यक्ष भूमिका खेल्ने अस्पताल रहेकाले नगरपालिकाबाट अस्पतालको व्यवस्थापन र सञ्चालनका लागि पूर्ण साथ र सहयोग रहने बताउँछन्।

प्रदेश सरकारको मातहतमा रहेको रामपुर अस्पताल लुम्बिनी प्रदेशको नजरमा रहेकाले अस्पताललाई ट्रमा सेन्टरको रुपमा अघि बढाउनुपर्ने, रामपुर अस्पताल पालिकास्तरमा निर्माण भएका अन्य अस्पतालको अभिभावकत्व ग्रहण गर्ने र विशेषज्ञ सेवा दिने अस्पतालको रुपमा स्थापित हुनु आवश्यक रहेको लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले बताए।

नयाँ भवनको तल्लो तलामा हाल ओपिडी सेवा प्रवाह भइरहेको छ। विशेषज्ञ सेवाका लागि अहिले विभिन्न उपकरण जडान तथा व्यवस्थापनको काम अस्पतालमा भइरहेको छ। पचास शय्याको अस्पताल भएकाले यहाँ नौ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ।

विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भई रामपुरमा स्वास्थ्य उपचार सेवा सञ्चालनमा ल्याइएको हो। सेवाको क्षेत्रलाई विस्तार गरी २०६७ सालमा १५ शय्यामा स्तरोन्नति भई सेवा दिँदै आएको उक्त अस्पतालको २०७२ सालमा ५० शय्यामा स्तरोन्नति गरिएको हो।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ ११:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट