April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

मेची भन्सारबाट जाँचपास भएर निस्किएको दुई वटा ट्रक प्रहरी नियन्त्रणमा

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २७, २०८० 0७:५९
मेची भन्सारबाट जाँचपास भएर निस्किएको दुई वटा ट्रक प्रहरी नियन्त्रणमा

झापा । काँकडभिट्टास्थित मेची भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएको दुई वटा भारतीय नम्बर प्लेट भएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय धुलाबारीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा सोमबार राती धुलाबारी चोकबाट एचआर ६९ सी ४६५९ र जीटी ३४६५ नम्बरको दुई वटा ट्रक नियन्त्रणमा लिएको हो ।

ट्रकमा भारतीय सेनाबाट अवकाश भएका १० जना नेपालीहरू रहेका छन् । उनीहरूले प्रयोग गरिएका पुराना सरसामान (जिटीकुन्टा) हरू लिएर घर फर्किँदै थिए । उनीहरू सबैको घर पश्चिम हो । यात्रु शाखाबाट पुराना सरसमानको जाँचपास गराए बापत ६० हजार राजश्व भन्सार बुझाएको प्रज्ञापन पत्र प्रहरीले फेला पारेको छ ।

तर, ट्रकभित्र प्रयोग भएका पुराना सामानसहित १७ वटा नयाँ वासिङ मेसिन रहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । सोही सूचनाको आधारमा प्रहरीले दुवै ट्रक अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताइएको छ । जाँचपास गराउँदा नयाँ वासिङ मेसिनको भन्सार नतरेको स्रोतको दाबी छ । प्रहरी टोली दुवै ट्रक नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाइएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २७, २०८० 0७:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।