काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी विमला घिमिरे विजयी भएकी छन् । उनको पक्षमा ३९ मत परेको छ । कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।
बुधबार राष्ट्रियसभामा भएको मतदानमा पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्तावको पक्षमा १६ मत परेको थियो भने विपक्षमा ३९ मत परेको थियो । यस प्रस्तावको मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए । मतदान गर्दा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एमालेकी उम्मेदवार विमला घिमिरे विजयी भएकी हुन् ।