स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ३६ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख छ हजार छ सय रुपैयाँ निर्धारण भएको छ । यस आधारमा छापावाला सुन तोलामा दुई सय रुपैयाँले घटेको छ ।
यस्तै, तेजाबी सुन बुधबार प्रतितोला एक लाख ३६ हजार एक सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३५ हजार नौ सय ५० रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । बुधबार प्रतितोला एक हजार सात सय रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण भएको छ ।