May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द

अदालतलाई पनि अनलाइनबाट चलाउनुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० ११:0६
अदालतलाई पनि अनलाइनबाट चलाउनुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
  • ‘मिडिया ट्रायल’ बाट न्यायाधीश डराउनु हुँदैन 
  • अदालतमा अनलाइन रजिस्ट्रेसन गर्न जोड
  • एआईमा केही अध्ययन त गर्नैपर्छ, अध्ययन नगरी त हुँदैन,

काठमाडौं ।।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले ‘मिडिया ट्रायल’बाट न्यायाधीश डराउनु नपर्ने बताएका छन् । बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले मिडिया ट्रायल घटना अनुसन्धानको क्रमदेखि नै देखिने उल्लेख गरे । उनले आचारसंहिताका विषयमा बारम्बार छलफल हुने गरेको भन्दै फेरि नयाँ तरिकाले मिडिया र प्रविधिसँग न्यायपालिकाको सम्बन्धका विषयमा बहस चलाउनुपर्ने स्थिति आएको बताए । उनले प्रविधि नभईकन न्यायपालिका चल्न गाह्रो रहेको पनि बताए । प्रधानन्यायाधीश श्रेष्ठले प्रविधिमैत्री न्यायपालिका नभए काम–कारबाही धेरै पछाडि पर्दै जानेतर्फ सचेत गराए । पेसी र तारिखमा ‘अटो मेसन’ लागु गरेसँगै सर्वोच्च अदालतमा ‘हाइसन्चो’ भएको उनको भनाइ छ ।

प्रविधियुक्त कुराले ‘जुडिसियरी’लाई नगाँसे न्यायाधीश र न्यायालय आलोच्य भइरहने र काम-कारबाहीमा शंका गरिने उनले बताए ।प्रधानन्यायाधीश श्रेष्ठले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अदालतमा प्रयोग गर्नुपर्नेमा जोड दिए । संसदीय समितिको बैठकमा आफूले एआईमा केही अध्ययन गर्नुपर्ने कुरा राखेको उनले जानकारी गराए । यसको अध्ययन गरी प्रयोग गर्न सकिए अदालतलाई फाइदा हुने उनले बताए । उनले एआई अब कुनै न कुनै माध्यमबाट अदालतमा प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याए । एआईको प्रयोग धेरै खर्चिलो भएको पनि उनले बताए । अदालतमा अनलाइन रजिस्ट्रेसन गर्न जोड दिइएको र यसले अनावश्यक भीडलाई कम गरेको उनले उल्लेख गरे ।

“एउटा नयाँ विषय आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा पनि यहाँ छोएको छ । मैले संसदीय सुनुवाइ समितिमा अब हामीले पनि एआईमा केही अध्ययन त गर्नैपर्छ, अध्ययन नगरी त हुँदैन, अध्ययन गर्छु भनेको छु । यसलाई अध्ययन गर्न पाए हामीलाई पनि युजफुल हुन्छ । एआई अब हामीले कुनै न कुनै माध्यमबाट कोर्टमा पनि इन्टरड्युस गर्नैपर्ने देखिएको छ,” उनले भने, “यसको लागि म केही कुनै न कुनै रूपमा अध्ययन गरेर के गर्न सकिन्छ गर्नेछु । तर, धेरै खर्चिलो रहेछ । मैले अनलाइन रजिस्ट्रेसन गरौँ न भनेर लागेको छु । त्यसले धेरै हदसम्म कोर्टमा आउने अनावश्यक भीडलाई कम गर्छ । गरेको छ । अनलाइन रजिस्ट्रेसन गर्नुपर्ने हाम्रो जरुरी छ । कुन हदसम्म गर्न सकिन्छ, हाम्रो म्यानपावरले कतिसम्म गर्न सक्छ, अनलाइनमा केही न केही हामी अघि बढ्छौँ ।” उनले अदालतमा अनलाइन प्रणालीलाई अघि बढाउनेमा आफूले जोड दिने बताए ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० ११:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।