May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ

झापाको आठमौजा छोटी भन्सार चाँडै सञ्चालनमा आउने

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३०, २०८० १0:४१
झापाको आठमौजा छोटी भन्सार चाँडै सञ्चालनमा आउने

गौरीगंज २९, चैत / झापाको गौरीगञ्ज गाउँपालिकामा रहेको आठमौजा छोटी भन्सार कार्यालय सुचारु हुने भएको छ । मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले आज विहिवार छोटी भन्सार कार्यालयको भवन स्थलगत निरीक्षण गर्ने क्रममा कर्मचारीको व्यवस्थापन गर्ने बताएपछि बैशाख महिना भित्रै आठमौजा छोटी भन्सार कार्यालय सुचारु हुने भएको हो ।

भन्सार कार्यालयको लागि दरबन्दी रहेपनि कोरोना महामारी शुरु भएपछि कर्मचारी नहुदाँ करिब ४ वर्षदेखि कार्यालय बन्द अवस्थामा रहेको थियो ।

कुनै बेला नेपाल सरकारले मन्त्रीस्तरिय वैठकबाट आठमौजा छोटी भन्सार कार्यालय नाकाको रुपमा विस्तार गर्ने निर्णय गरेतापनि पछिल्लो करिब ४ वर्षदेखि भन्सार कार्यालय बन्द अवस्थामा रहेको थियो ।

लामो समयदेखि भन्सार कार्यालय सुचारु नहुदाँ स्थानिय नागरिकहरुले सास्ती भोगिरहेका थिए । गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले लामो समयको पहल र प्रयासपछि आठमौजा छोटी भन्सार सुचारु हुने बताइन् । सकभर वैशाख महिना भित्रै यो छोटी भन्सार सुचारु हुनेमा ढुक्क भए हुन्छ, उनले भनिन –‘ त्यससंगै क्वारेन्टाइन अफिस र कर्मचारी खटिने छन् ।’

मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले वैशाख महिना भित्रै कर्मचारी खटाइने बताए । उनले भने – ‘लामो समयसम्म यहाँ भन्सार नहुँदा स्थानिय व्यापारी र आम नागरिकलाई समस्या झेल्नु परेको थियो । तर यसमा सबैले साथ र सहयोग गरिदिनु पर्यो ।

भन्सार हुदाँका बखत महिनामा ३० हजार देखि ५० हजारसम्म राजस्व संकलन हुने गरेको उद्योग वाणिज्य संघ गौरीगंजका अध्यक्ष मखना महतोले बताए । दैनिक निर्वाधरुपमा नाकामा व्यापारी र व्यवसायीहरुलाई दुःख नपाए गौरीगंज बजार चम्कने आर्थिक गतिविधि पनि चलायमान हुने अध्यक्ष महतोले बताए । यस छोटी भन्सारमा सरकारले राजस्व उठेको आधारमा मात्र कर्मचारी राख्नु नहुने स्थानिय पत्रकार आत्मा राम राजवंशीको तर्क छ । उनले भने –यो पुरानो छोटी भन्सार हो र गौरीगंज गाउँपालिका धेरै सम्भावना बोकेको गाउँपालिका हो । ’ सुरक्षाकर्मीको एक रिपोर्ट अनुसार सीमामा नजिक भारतीय वजार फत्तेपुरमा नेपालीहरुले दैनिकरुपमा ३० लाख देखि ५० लाख रुपैयाँसम्मको व्यापार हुने गर्दछ ।

गौरीगंजमा हुलाकी सडकसंग जोडिएको, प्रशासनिक कार्यालयहरु भएको, फत्तेपुर सशस्त्र सिमा सुरक्षा वल प्रस्तावित गुल्म भएको, फत्तेपुर नाकासंग जोडिएको, अद्यौगिक पार्क नजिक रहेको, वैंक वित्तिय संस्थाहरु भएको, उद्योग विभिन्न जातजातिहरुको विविधता त्यसमा पनि अधिकांश आदिवासीहरुको बसोवास रहेको, गौरीगंज आफैंमा स्थानिय सरकार पनि भएकोले यहाँको बजार आर्थिकरुपमा धेरै चलायमान हुने पक्का पक्की छ । केही समय लाग्न सक्छ तर यहाँका आम नागरिक र ठाउँको सुनौलो भविष्य छ ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३०, २०८० १0:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।