May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु

वार्तामा सहमति, आन्दोलन फिर्ता : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

  • साझा परिवेश
  • शनिबार, असार ३०, २०८० १५:११
वार्तामा सहमति, आन्दोलन फिर्ता : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
  • छारे रोगको समस्या लिएर अस्पतालमा उपचारका लागि ल्याइएका ११ वर्षीय बालकको  मृत्यु
  • बिहीबार विहान मृत्यु भएको शुक्रबार राति अस्पताल प्रशासनसँगको वार्तामा सहमति, आन्दोलन फिर्ता
  • उपचारका क्रममा लागेको सम्पूर्ण खर्च प्रतिष्ठानले ब्यहोर्न  

दाङ ।।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ बर्षीय बालकको मृत्यु भएको बिषयमा मृतक परिवार र अस्पतालबीच सहमति भएको छ ।

शुक्रबार राति अस्पताल प्रशासनसँगको वार्तामा सहमति भएपछि मृतब बालकको परिवारले आन्दोलन फिर्ता लिएको छ । शनिबारदेखि अस्पतालको आकस्मिकसहित सेवा सञ्चालन भएको छ ।

बिहीबार उपचारका क्रममा घोराही उपमहानगरपालिका- ३ का ११ बर्षीय बालक आक्रोश नेपालीको मृत्यु भएपछि परिवारका सदस्य र आफन्तले आन्दोलन गर्दै प्रतिष्ठानको सेवा बन्द गराएका थिए ।

मृतह परिवार र अस्पताल पक्षबीच बालकको मृत्यु भएको घटनाको छानबिन गर्न घोराही- ३ का वडा अध्यक्ष रामप्रसाद चौधरीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गर्ने सहमति भएको प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. विकास लामिछानेले जानकारी दिए ।

वार्तामा मृतकको परिवारका सदस्यलाई रोजगारी दिने, परिवारका लागि आर्थिक सहयोग जुटाउन सर्वपक्षीय समिति बनाई सहयोग संकलन गर्ने सहमति पनि भएको छ । मृतकको परिवारलाई राहत दिन स्थानीय सरकार, प्रदेश र संघ सरकारसँग अनुरोध गर्ने सहमति भएको छ ।

बालकको उपचारका क्रममा लागेको सम्पूर्ण खर्च प्रतिष्ठानले ब्यहोर्न पनि सहमति भएको उपकुलपति डा. लामिछानेले बताए । वार्तामा सहमति भएसँगै मृतक बालकको शब आफन्तले जिम्मा लिन तयार भएका छन् । छारे रोगको समस्या लिएर अस्पतालमा उपचारका लागि ल्याइएका ११ वर्षीय बालक आक्रोश नेपालीको मृत्यु भएपछि मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै बिहीबार र शुक्रबार दिनभर अस्पताल घेराउ गरेका थिए । मंगलबार साँझ प्रतिष्ठानमा उपचारका लागि ल्याएका बालकको बिहीबार विहान मृत्यु भएको थियो ।

  • साझा परिवेश
  • शनिबार, असार ३०, २०८० १५:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट