sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पर्यटन बोर्डको उपाध्यक्षमा कमल सापकोटा नियुक्त

  • साझा परिवेश
  • सोमवार, बैशाख ३, २०८१ १३:0२
पर्यटन बोर्डको उपाध्यक्षमा कमल सापकोटा नियुक्त

काठमाडौँ । नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा (कमल) नियुक्त भएका छन् । यसअघिका उपाध्यक्ष चन्द्रप्रसाद रिजाल आफ्नो तीन वर्षे कार्यकाल पूरा गर्दै गत माघ २२ गते बाहिरिएसँगै बोर्डको उपाध्यक्ष पद खाली हुन पुगेको थियो ।

सोही पदमा नवनियुक्त बोर्ड सदस्य सापकोटालाई नियुक्ति दिइएको हो । त्यसो त रिजालसँगै अन्य दुई जना बोर्ड सदस्यहरू समेत कार्यकाल पुरा गरेसँगै बाहिरिएका थिए । सदस्य कृष्ण शाह र नवाङ मिया शेर्पा समेत बोर्डबाट बाहिरिएसँगै गत चैत १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले व्यवसायी ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटा (कमल) लाई नियुक्त गरेको थियो । सोही तीन जना नवनियुक्त सदस्यमध्येबाट सापकोटाले उपाध्यक्षको जिम्मेवारी पाएका हुन् ।

नवनियुक्त उपाध्यक्ष सापकोटा धादिङ नीलकण्ठ नगरपालिका ज्यामरुङका हुन् भने उनी लामो समयदेखि पर्यटन व्यवसायमा सक्रिय छन् ।

फ्रान्सको वर्ल्ड युनिभर्सिटीबाट मानार्थ विद्यावारिधि पाएका सापकोटा ‘साउथ एसियन यूथ टुरिजम अवार्ड २०१९’, ‘सूर्य नेपाल आशा सामाजिक उद्यमशीलता अवार्ड २०११’ तथा ‘अन्तर्राष्ट्रिय सस्टेनेबल टुरिजम इन्सपाइरिङ स्टोरी कम्पिटीसन २०१३’ अवार्ड, टुरिजम म्यान अफ दि इयर अवार्डजस्ता दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड, सम्मान तथा पुरस्कारहरू प्राप्त गरेका छन् ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ३, २०८१ १३:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid