May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार दोस्रो जित

  • साझा परिवेश
  • मङ्लबार, माघ २, २०८० १६:३0
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार दोस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिसले लगातार दोस्रो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा पुलिसले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । कोशीको भने यो लगातार तेस्रो हार हो ।कोशी प्रदेशले पहिला ब्याटिङ गर्दै ४८.२ ओभरमा सबै विकेट गुमाएर जम्मा १६६ रन बनाएको थियो ।

कोशीका सुजन थपलियाले १०५ रनको शतकीय पारि खेल्दा अभ्यास तिम्सिनाले २३ रनको योगदान गरे । कप्तान अंकित सुवेदीले १० रन बनाउँदा अरु खेलाडीको प्रदर्शन बिर्सन लायक रह्यो ।

कोशीलाई सस्तैमा रोक्ने क्रममा पुलिसका करण केसीले ३ विकेट लिँदा ललित राजवंशी र सुनिल धमलाले दुई–दुई विकेट लिए । यसैगरी रसिद खान, सागर ढकाल र कुशल भुर्तेलले एक–एक विकेट लिए ।

१६७ रनको जवाफी लक्ष्य पुलिसले २३.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।

पुलिसलाई जित दिलाउनका लागि अर्जुन साउदले नटआउट ६२ रनको अर्धशतकीय पारि खेल्दा कप्तान दीपेन्द्रसिंह ऐरीले पनि ३८ रनको नटआउट पारि नै खेले ।

यसैगरी सुनिल धमलाले १६ तथा कुशल भुर्तेलले १२ रन बनाए । दिलीप नाथ ३१ रन बनाएर आउट भएका थिए । कोशीका कमल खत्रीले २ तथा सोनु मण्डलले १ विकेट लिए ।

  • साझा परिवेश
  • मङ्लबार, माघ २, २०८० १६:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।