May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

प्रवक्ता महत : ‘मञ्जु खाँणलाई पार्टीले फलो गरेको छैन’

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २, २०८० १२:0२
प्रवक्ता महत : ‘मञ्जु खाँणलाई पार्टीले फलो गरेको छैन’

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा पार्टीले सहयोग गर्ने बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा महतले सो कुरा बताएका हुन् ।

यो प्रकरणमा मुछिएपछि कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । बालकृष्ण पक्राउ परेपछि उनकी पत्नी मञ्जु प्रतिनिधि सभा बैठकमा देखिएकी छैनन् । पति बालकृष्ण खाँणलाई भेट्न गएको पनि देखिएको छैन ।


डा. महतले मञ्जु खाँणलाई पार्टीले फलो नगरेको बताए । ‘मञ्जु खाँण कहाँ हुनुहुन्छ पार्टीले फलो गरेको छैन,’ प्रवक्ता डा. महतले भने, ‘दूधको दूध पानीको पानी आओस्। कांग्रेसले सहयोग गर्छ ।’

यो प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवाले पनि निष्पक्ष र स्वतन्त्र अनुसन्धान होस् भनिरहेको डा. महतले जानकारी गराए । ‘पार्टी सभापतिको मौनता छैन । निष्पक्ष र स्वतन्त्र अनुसन्धान होस् भनी भनिरहनु भएको छ । धेरै बोल्ने उहाँको बानी छैन,’ उनले भने ।
यो प्रकरणमा देउवा पत्नीसमेत रहेकी सांसद आरजु राणालाई पनि सामाजिक सञ्जाल र मिडिया ट्रायल गरेर दोषी देखाउन खोजिएको भन्दै उनले भने, ‘आरजु जीले आफैं प्रतिरक्षा गरिरहनु भएको छ ।’

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २, २०८० १२:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट