April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

अन्धाधुन्द गोली चल्दा ४ जनाको मृत्यु

  • साझा परिवेश
  • मङ्लबार, असार १९, २०८० १0:३६
अन्धाधुन्द गोली चल्दा ४ जनाको मृत्यु
  • फिलाडेल्फियामा गोली चल्दा चार जनाको मृत्यु भएको छ ।
  • आठ जनालाई गोली लागेको थियो ।
  • घटनाको अनुसन्धानका लागि त्यहाँको सडकखण्ड प्रहरीले बन्द गराएको छ ।

 काठमाडौं ।।

अमेरिकाको पेन्सिलभेनिया प्रान्तको फिलाडेल्फियामा गोली चल्दा चार जनाको मृत्यु भएको छ । आक्रमणकारीलाई हिरासतमा लिइएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार बुलेटप्रुफ ज्याकेट लगाएका एक व्यक्तिले अन्धाधुन्द गोली चलाएका थिए । आठ जनालाई गोली लागेको थियो । तीमध्ये चार जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जना बालबालिका छन् ।

गोली चलाउनेको व्यक्तिको पहिचान भएको छैन र उनले गोली किन चलाए भन्ने पनि खुलेको छैन । सोमबार राति साढे ८ बजेतिर फ्रेजियर स्ट्रिटको १८०० ब्लकमा गोली चलेको आवाज सुनेपछि प्रहरी घटनास्थल पुगेको थियो ।

त्यहाँ एक व्यक्तिले गोली चलाइरहेको र मानिसहरु भुइँमा लडेको दृष्य थियो । प्रहरीले तत्कालै स्थानीयवासीलाई घर बाहिर ननिस्किन आग्रह गर्दै हतियारधारी व्यक्तिलाई केही समयपछि नियन्त्रणमा लियो । घटनाको अनुसन्धानका लागि त्यहाँको सडकखण्ड प्रहरीले बन्द गराएको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, असार १९, २०८० १0:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।