May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित

भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ७, २०८१ ११:२0
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान

एजेन्सी । सात चरणमा हुने भारतको आम निर्वाचनको पहिलो चरण आज देशका २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा हुँदै छ । लोकसभा चुनावको पहिलो चरण २१ राज्य र केन्द्र शासित प्रदेशको १०२ सिटमा आज भएको मतदानको मतगणना असार ४ गते हुनेछ ।

भारतको संसद्को तल्लो सदन लोकसभाका ५४३ सदस्य चयन गर्न यसपटक ९६ करोड ९० लाख मतदाताले मतदाताका रूपमा नाम दर्ता गराएका छन् । विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास मानिने भारतीय आम निर्वाचनमा २५०० भन्दा बढी राजनीतिक दल सहभागी हुनेछन् ।

सयौँ दलले चुनावमा उम्मेदवार उठाए पनि शीर्ष १० दलले मात्रै हाल लोकसभामा ८६ प्रतिशत सिट ओगटेका छन् । विगतमा जस्तै यसपटक पनि अधिकांश निर्वाचन क्षेत्रमा आधा दर्जनजति दलका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुनेछ । यसपटकको लोकसभा सिटका अधिकांश सिटमा प्रतिस्पर्धा गर्ने मुख्य दल मैदानमा छन् ।

पहिलो चरणमा अरुणाचल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड पश्चिम बंगाल, अण्डमान र निकोबार टापुहरू सहित राज्य र केन्द्र शासित प्रदेशहरू जम्मू कश्मीर, लक्षद्वीप र पुडुचेरीमा मतदान हुँदैछ ।

निर्वाचनको प्रतिस्पधामा होमिएका दल र उम्मेदवारले आफ्नो पक्षमा जीत हासिल गर्न अनेक मेहनत गरिरहेका छन् भने निर्वाचन व्यवस्थापनसम्न्धी निकायले सुरक्षा र अन्य व्यवस्थापकीय तयारी जारी राखेको छ ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ७, २०८१ ११:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।