WordPress database error: [Can't change size of file (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `wp_postmeta`


काठमाडौं । हिउँ पहिरोले गोखराको चुमनुव्री गाउँपालिका-१ स्थित वीरेन्द्रताल फुट्दा बुढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको छ। बिहान पौने ९ बजे तिर तालमा ठूलो हिउँ पहिरो झरेको स्थानीयले बताएका छन्।
ताल फुटेपछि बुढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको छ। बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। ‘बाढीले क्षति गर्ने संभावना हुन्छ। बाढी आउनुपूर्व नै सुरक्षित रहन अपील गर्दछौं’, गृह मन्त्रालयका प्रवत्ता नारायणप्रसाद भट्टराईले भन्नुभयो।
जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार घटनाबारे बुझ्न सामागाउँ चौकीबाट प्रहरी त्यसतर्फ गएको पनि प्रवत्ता भट्टराईले जानकारी दिनुभयो।
