October 3, 2023 | मङ्लबार, अशोज १६, २०८०
सुचनाहरु
परीक्षामा फेल र निर्वाचनमा सहयोग गर्ने व्यक्तिलाई न्यायाधीश नियुक्ति गरेको भन्दै ओलीको आपत्ति भूकम्पले तलकोटमा क्षति : पालिका कार्यालयकै जमिन चिरा पर्‍यो, वडा कार्यालय ध्वस्त नेपालगञ्जमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन जारी पश्चिम नेपालमा भूकम्पको धक्का महसुस नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न राप्रपा सांसदकाे अपिल जनयुद्ध दिवसको बिदा फिर्ता नलिए त्यसबिरुद्द कदम चाल्ने ओलीको चेतावनी स्थानीय तहका कर्मचारीद्वारा आन्दोलन जारी फागुन १ को बिदा फिर्ता लिन प्रधानमन्त्रीलाई ओलीको अल्टिमेटम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सर्वाधिक संख्यामा उडान इन्जिनियरिङ स्नातक तहको शुल्क नबढाउने सहमति कोशी प्रदेशसभाको बैठक भोलि बस्ने विराटनगरमा ज्येष्ठ नागरिक, अपाङ्गता र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु प्रतिनिधि चयनको बिरोधमा एमाले पार्टी कार्यालयमा लगाइयो ताला अध्यक्ष प्रचण्डले पार्टीलाई गराए चीन भ्रमणको बिफ्रिङ कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयबिरुद्द सर्वोच्चमा रिट यो वर्ष नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण राष्ट्रपतिद्वारा भएको कैद मिनाहामाथि ओलीको प्रश्न स्वास्थ्यकर्मीको रक्षा गर्नुपर्छ, सम्झौता गरिएको २४ घण्टा नबित्दै आक्रमण हुनु दुःखद : महामन्त्री गगन आन्दोलनरत डाक्टरहरु नियमित काममा जान थाले नेपालगञ्जले धार्मिक सद्भाव गुमायो भन्दै सदनमा हल्ला चलेपछि…..

पूर्वराजाको राप्रपा सांसदहरुसँग ‘सिंगल-सिंगल’ भेट

  • साझा परिवेश
  • आइतवार, पुस २४, २०७९ १२:२२
पूर्वराजाको राप्रपा सांसदहरुसँग ‘सिंगल-सिंगल’ भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने मिति आउनै लाग्दा यसको मुखैमा पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुसँग ‘सिंगल–सिंगल’ भेट गरेका छन्।

पूर्वराजाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग भेटेलगत्तै राप्रपाका अरु सांसदहरुसँग पनि छुट्टाछुट्टै भेट गरेका हुन्। पूर्वराजाले अध्यक्ष लिङदेनसँग भेटेको कुरा आधिकारिक रुपमा सार्वजनिक गरिएको भए पनि अन्य सांसदहरुसँग छुट्टाछुट्टै भेटेको कुरा भने गोप्य राखिएको छ।

पूर्वराजाले दुई दिन लगाएर राप्रपाका केही सांसदहरुलाई चितवनमा र अन्य सांसदहरुलाई बाराको सिमरामा भेटेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राप्रपाको समेत समर्थनमा प्रधानमन्त्री नियुक्त भएकोले विश्वासको मत लिने पूर्वसन्ध्यामा पूर्वराजासँगको यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ।

राप्रपा महामन्त्री धवलसमशेर राणाले सरकारमा सहभागिताबारे आफूहरुले पूर्व राजालाई जानकारी गराउन आफू र अध्यक्ष राजेन्द्र लिङ्देनले सिमरा पुगेर भेट गरेको बताए।

‘एक हप्ता अगाडि अध्यक्षज्यू र म सिमरा पुगेर सरकारमा सहभागिताका विषयमा महाराजधिराज (पूर्व राजा) लाई अपडेट गराएका हौं,’ राणाले डिसी नेपालसँग भने, ‘१४ जना सांसदले नै भेटेको भन्ने कुरा मलाइ जानकारी छैन।’ उनले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र अन्य केही नेताले पनि पूर्वराजासँग भेटेको  जनाए।

पूर्वराजाको राप्रपा अध्यक्षसहित सांसदहरुसँग छुट्टाछुट्टै भेट र यही बीचमा परिवर्तिन राजनैतिक कोर्सलाई हेर्दा नेपाली राजनीतिको दिशा प्रभावित हुन सक्ने र यसमा पूर्वराजाको प्रभाव रहन सक्ने समेत आंकलन गरिएको छ।

राप्रपाले विश्वासको मत दिने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्डको यसअघि स्थापित छविमा समेत परिवर्तन देखिएको छ।

राप्रपासहितको समर्थनमा प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले दौरा सुरुवाल लगाएर शपथ ग्रहण गरे। यसअघि प्रचण्ड सार्वजनिक रुपमा दौरा सुरुवाल लगाउँदैनथे। राप्रपाकै एजेण्डाअनुसार प्रचण्ड नेतृत्वको सरकारले पृथ्वी जयन्ति मनाउने र त्यो दिन सार्वजनिक विदा दिने निर्णय समेत गरिसकेको छ ।

  • साझा परिवेश
  • आइतवार, पुस २४, २०७९ १२:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट