May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

सुनको सिक्री थुतेर भाग्दै गर्दा एकजना पक्राउ

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ११, २०८१ 0८:४९
सुनको सिक्री थुतेर भाग्दै गर्दा एकजना पक्राउ

झापाको मेचीनगरमा सुनको सिक्री थुतेर भाग्दै गर्दा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका- १३ स्थित तेलीवारि निवासी ३९ वर्षीय दिवस राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

सोमबार साँझ ७ः२५ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर- १३ स्थित श्रीनाथ पेट्रोल पम्पनजिक पैदल हिँडिरहेकी मेचीनगर- १२ सहरेडाँगी निवासी २१ वर्षीया रचना आङदम्वेले घाँटीमा लगाएको एक तोला सुनको सिक्री थुतेर साइकलमा भाग्दै गर्दा राजवंशी पक्राउ परेको डीएसपी चन्दले बताए ।

साइकल चढेर आएका अपरिचित व्यक्तिले महिलाको घाँटीबाट सुनको सिक्री थुती भागेको सूचना प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले राजवंशीलाई भाग्दै गरेको अवस्थामा फुलवासा खोलाबाट पक्राउ गरेको थियो । उनलाई सुनको सिक्री र साइकलसहित इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ११, २०८१ 0८:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।