May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

कतारका राजा स्वदेश फिर्ता

  • साझा परिवेश
  • बुधबार, बैशाख १२, २०८१ १४:५७
कतारका राजा स्वदेश फिर्ता

काठमाण्डाै – कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्किनुभएकाे छ । उहाँ आज दिउँसाे स्वदेश फर्किनुभएकाे हाे ।

कतारका अमिरलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पाैडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र मन्त्रिपरिषद्का सदस्यलगायत उच्चपदस्थ अधिकारी, नेपालमा रहेका कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि विमानस्थल पुगेका थिए । उहाँलाई नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।

राष्ट्रपति पौडेलको निमन्त्रणमा कतारका अमिर दुई दिने राजकीय भ्रमणका लागि हिजाे नेपाल आइपुग्नुभएकाे थियाे । हिजाे नै राष्ट्रपति पाैडेल र कतारका अमिरबीच शीतल निवासमा भेटवार्ता भएकाे थियाे । उहाँकाे सम्मानमा राष्ट्रपतिले साेल्टी हाेटलमा रात्रिभोजको आयोजना गर्नुभएको थियाे ।

आज बिहान प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर थानीबीच भेटवार्ता भएकाे थियाे । भेटवार्तापछि दुवै देशका प्रतिनिधिमण्डलले विभिन्न आठ वटा क्षेत्रमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कुटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाण्डाैमा सन् २०११ अगस्टमा राजदूतावास स्थापना गरेको थियो ।

  • साझा परिवेश
  • बुधबार, बैशाख १२, २०८१ १४:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट