July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

गृहमन्त्रीविरुद्ध लेख्ने युवकलाई यातना दिएको बारे ब्यूरोले दियो प्रष्टिकरण, ‘भिडियो र समाचारमा सत्यता छैन’

  • साझा परिवेश
  • बिहिबार, बैशाख १३, २०८१ १४:२२
गृहमन्त्रीविरुद्ध लेख्ने युवकलाई यातना दिएको बारे ब्यूरोले दियो प्रष्टिकरण, ‘भिडियो र समाचारमा सत्यता छैन’

काठमाडौं । सामाजिक सञ्जालमा गृहमन्त्री रवि लामिछानेको आलोचना गरेको अभियोगमा पक्राउ गरिएका एक युवकलाई नेपाल प्रहरीले चरम यातना दिएको भन्ने समाचारप्रति नेपाल प्रहरीको साइबर ब्यूरोले ध्यानाकर्षण भएको जनाएको छ । ब्यूरोले एक विज्ञप्ति निकाल्दै काठमाडौँको कीर्तिपुर बस्ने जाजरकोटका गणेशमान सिंहले पोष्ट गरेको भिडियोमा सत्यता नभएको प्रष्टीकरण दिएको हाे ।

ब्यूरोले सिंहले गरेको अश्लील पोष्टबारे अनुसन्धान भइरहेको जनाएको छ । ब्यूरोले हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यसबारे आएका समाचार र भिडियोमा सत्यता नभएको दावी गरेको छ । हाल सामाजिक सञ्जालमा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको भन्दै फेसबुकमा कमेन्ट गरेको आधारमा साइबर ब्यूरोले आफूलाई यातना दिएको भन्दै ती युवाले आफूले विष सेवन गर्न बाध्य भएको उल्लेख गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

ब्यूरोले फेसबुकमा अश्लील सामग्री प्रकाशन गरेको विषयमा ब्यूरोले अनुसन्धान गर्न बोलाएको स्पष्ट गर्दै सोही क्रममा उनले २ स्ट्रिप सिटामोल खाएको जानकारी प्राप्त हुना साथ उनलाई वीर अस्पताल लागिएको जानकारी दिएको छ । साथै साइबर ब्यूरोले अनुसन्धानमा बाधा पुर्याउन उनले फेसबुकमा गलत भिडियो बनाएर पोष्ट गरेको र सो भिडियोमा उल्लेख गरिएका विषयमा कुनै सत्यता नभएको दावी गरेको छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १३, २०८१ १४:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्