May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने

४० वर्षमुनिका युवालाई मध्यनजर गर्दै राप्रपा

  • साझा परिवेश
  • बिहिबार, साउन १८, २०८० ११:५२
४० वर्षमुनिका युवालाई मध्यनजर गर्दै राप्रपा
  • ४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजाने
  • युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन
  • एजेन्डा र उद्देश्यप्रति प्रतिबद्ध रही सक्रिय राजनीति गर्नुपर्ने व्यवस्था
  • कार्ययोजना पठाउन एक महिनाको अवधि निर्धारण

काठमाडौं ।।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजाने भएको छ । नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन माग गरिएको छ । त्यसरी सदस्य बन्न चाहने उमेदवारले आफ्नो व्यक्तिगत विवरण तथा कार्ययोजना आगामी भदौ पहिलो सातासम्म केन्द्रमा पठाउनु पर्नेछ ।

कार्ययोजना दिएका उमेदवारमध्येबाट भूगोल, जनसङ्ख्या, पार्टीको प्रभाव क्षेत्र विस्तारको सम्भावना र नेतृत्व विकासका सम्भावनाको आधारमा न्यूनतम ५० प्रतिशत महिलासहित २० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिने केन्द्रीय सदस्य सरस्वती अधिकारीले जानकारी दिइन् ।

पार्टीमा रहेका तथा पार्टीबाहिर रहेका नेपाली नागरिकले प्रतिस्पर्धाबाट छनोट भएपछि पार्टीको नीति, सिद्धान्त, एजेन्डा र उद्देश्यप्रति प्रतिबद्ध रही सक्रिय राजनीति गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सूचना प्रविधि र सामाजिक सञ्जाल परिचालनमा दक्ष, बहुभाषाको ज्ञान भएको, प्रत्यक्ष निर्वाचनमा पार्टीको उमेदवार बन्न सक्ने क्षमतावान उमेदवारलाई उनीहरूको कार्ययोजनाका आधारमा छनोट गरिने जनाइएको छ । कार्ययोजना पठाउन पार्टीको इमेल ठेगानामा करिब एक महिनाको अवधिमा निर्धारण गरिएको छ । रासस

  • साझा परिवेश
  • बिहिबार, साउन १८, २०८० ११:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट