July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

चलचित्र ‘बोक्सीको घर’ भोलिबाट देशभर प्रदर्शन

  • साझा परिवेश
  • बिहिबार, बैशाख १३, २०८१ १५:३३
चलचित्र ‘बोक्सीको घर’ भोलिबाट देशभर प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ शुक्रबारबाट प्रदर्शनमा आउने भएको छ । बिहीबार फिल्मको प्रिमियर सो देखाइएको छ । भर्खरै स्कुल पढ्दै गरेकी नाबालिकाको विवाह आफूभन्दा २४ वर्ष जेठो पुरुषसँग भएपछि उसले अन्धविश्वासका कारण समाजबाटै भोगेको हिंसाको कथा फिल्ममा देखाइएको छ ।

समाजमा बोक्सी भनेर लगाइने आरोप र त्यसकै आधारमा महिलामाथि हुने अन्यायलाई फिल्ममा मुख्य कथा बस्तु बनाइएको छ ।अन्धविश्वासका कारण समाज कतिसम्म क्रूर बन्न सक्छ भन्ने तथ्यलाई समेत कलात्क ढंगले फिल्ममा देखाइएको छ । चलचित्रमा केकी अधिकारलगायत कलाकारलाई देख्न सकिन्छ। केकीको होम प्रोडक्सनमा निर्माण भएको यो चलचित्र आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ मा आधारित छ ।

सोही नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले चलचित्रलाई निर्देशन गर्नुभएको हो । प्रिमियर सोमा पुगेका चलचित्रकर्मी, सञ्चारकर्मी तथा दर्शकहरुले नेपाली पनको कथा प्रस्तुत गरेको र फिल्मले सबैको मन जित्ने भन्दै प्रशंसा गरेका थिए । त्यस्तै चलचित्रका मुख्य कलाकार तथा निर्माता केकी अधिकारीले साधारण जिवनको असाधारण कथा प्रस्तुत गरेको बताउनुभयो ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १३, २०८१ १५:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्