April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

गुल्सन र रोहितको अर्धशतकमा उपाधि जित्न नेपालले दियो ओमानलाई १८५ रनको चुनौतीपूर्ण लक्ष्य

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १२:४८
गुल्सन र रोहितको अर्धशतकमा उपाधि जित्न नेपालले दियो ओमानलाई १८५ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं,१९ कार्तिक । आईसीसी टी-२० विश्वकप छनोटको एसिया छनोटको फाइनलमा नेपालले ओमानविरुद्ध मध्यम प्रदर्शन गर्दै १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रनको योगफल खडा गरेको हो ।

नेपालले सुरुवातका २ ओभरमा उत्कृष्ट प्रदर्शन गरेपनि त्यसपछि लगातार विकेट गुमाएको थियो । पहिलो विकेटको रुपमा आसिफ शेखलाई ६ रनमा गुमाएको थियो भने दोस्रो विकेटको रुपमा नेपालले सन्दीप जोरालाई गुमाएको थियो । पहिलो पटक वान डाउनमा ब्याटिङ गरेका सन्दिप जोरा १० रनमा आउट भएका थिए ।

त्यस्तै तेस्रो विकेटको रुपमा नेपालले ओपनर कुशल भूर्तेललाई ३१ रनमा गुमाउँदा नेपालको अवस्था नाजुक थियो । लगातार विकेट गुमाएको अवस्थामा पाँचौ विकेटको रुपमा मैदान प्रवेश गरेको गुल्सन झाले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालको अवस्था उल्टिएको थियो । उनले २० बलमा ५० रन पूरा गरेर अर्धशतक बनाएका थिए । उनले ४ छक्का र ५ चौका हिर्काएका थिए । उनी ५४ रन बनाएर बिलाल खानको बलमा आउट भएका थिए ।

टी २० आईमा पहिलो अर्धशतक बनाएका गुल्सन ५४ रनमा आउट भएका छन् । उनले कप्तान रोहित पौडेलसँग ७८ रनको साझेदारी गरेका थिए ।
भने नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गर्दै ५२ रन बनाउँदा ६ बलको सामना गरेका करण केसीले २० रन जोडे । करणले अन्तिम ओभरमा १ चौका र २ छक्का प्रहार गरेका थिए ।

बलिङतर्फ ओमानका बिलाल खानले तीन तथा अकिब इलियासले दुई विकेट लिए ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १२:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।