May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना

  • साझा परिवेश
  • आइतवार, बैशाख १६, २०८१ १0:४0
बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना

बझाङ । बझाङ १ (१) मा हेलिकप्टरबाट मतपेटिका ल्याइँदैछ । मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बस्ने र दिउँसोसम्ममा मतगणना सुरु गर्ने तयारी छ । साइपाल गाउँपालिकाको दुई वटा मतदान केन्द्रमा खसालिएको मतपेटिका भौगोलिक कठिनाइका कारण मतगणनास्थल पु¥याउन समस्या भएका कारण मतगणनामा ढिलाइ भएको हो ।

सहायक निर्वाचन अधिकृत प्रकाशबहादुर सिंहका अनुसार ती मतपेटिका लिन अहिले बिहान हेलिकप्टर पठाइएको छ । ‘साइपाल गाउँपालिका–३ को काडा मावि र वडा नं. ५ को सामुदायिक भवन मतदान केन्द्रको मतपेटिका लिन हेलिकप्टर पठाएका छौँ,’ उनले भने, ‘मतपेटिका आइपुगेपछि सर्वदलीय बैठक बस्ने तयारी छ । त्यसपछि मतगणना सुरु हुन्छ ।’

६१ हजार ७ सय ४८ जना मतदाता रहेको बझाङमा शनिबार साँझसम्म संकलित विवरणअनुसार बझाङमा कूल ३० हजार ३ सय २८ मत खसेको जिल्ला निर्वाचन कार्यायले जनाएको छ । मतदान व्यवस्थित र सुरक्षित बनाउन बझाङमा १५ सय जना बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

उपनिर्वाचनमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन । २०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि रिक्त पदमा गराइएको उपनिर्वाचनमा कांग्रेसबाट सिंहकै छोरा अभिषेक उम्मेदवार छन् । यस्तै, माओवादी केन्द्रका जनक बुढा, एमालेका दमन भण्डारी तथा एकीकृत समाजवादीका दिलबहादुर सिंह लगायत उम्मेदवार छन् ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १६, २०८१ १0:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट