sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ

  • साझा परिवेश
  • सोमवार, बैशाख १७, २०८१ १४:३८
अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान गरेर प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा काठमाडौंकी २९ वर्षीया सुनिता लामिछाने रहेकी छिन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार ती यवतीलाई गोकर्णेश्वर नमूना बस्तीबाट नियन्त्रणमा लिएको हो ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार ती युवती फेसबुकमा ‘Joint Vision Traval and Tours Pvt.Ltd’ नामको फेसबुक पेज बनाएकी थिइन् । सोही पेजमा आफ्नो सम्पर्क नम्बर पनि राखेकी थिइन् । विशेषगरी सो पेजबाट विदेश जाने फ्लाइट बुक गरिदिने भनेर विज्ञापन आइरहेको हुन्थ्यो ।

विदेश जान सबै प्रक्रिया मिलिसकेकाले सोही पेजमा मेसेज गरेर वा फोन गरेरै टिकेट बुक गर्थे । यताबाट आरोपित लामिछानेले पनि टिकेट पठाउँथिन् । टिकेट लिएका पीडितहरू एयरपोर्ट पुग्दा जिल्ल पर्थे ।

“ती महिलाले नक्कली टिकेट पठाउने रहिछन्,” टेकपानासँग कुरा गर्दै एक अनुसन्धान अधिकारीले भने, “तर, एयरपोर्ट पुगेपछि टिकेट नै नक्कली फेला परेपछि हैरान हुने रहेछन् । कतिपयले इमर्जेन्सी टिकेट काट्ने भए, कतिपय भने फर्किने भए ।”

यसरी ठगी गर्ने गरेको भन्ने १० जनाको उजुरी परेपछि कार्यालयले अनुसन्धान थालेको थियो । त्यसैका क्रममा लामिछाने बागबजारबाट पक्राउ परेकी हुन् । उनीमाथि थप अनुसन्धान भइरहेको कार्यालय जनाएको छ ।

  • साझा परिवेश
  • सोमवार, बैशाख १७, २०८१ १४:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid