April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

कोशीका मुख्यमन्त्री सत्ता टिकाउने खेलमा लागेको एमालेको आरोप

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० १0:५0
कोशीका मुख्यमन्त्री सत्ता टिकाउने खेलमा लागेको एमालेको आरोप

विराटनगर । नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सत्ता टिकाउनका लागि जस्तोसुकै हर्कत गर्न अग्रसर भएको आरोप लगाएको छ ।

एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका हुन् ।

गैरदलीय पृष्ठभूमिबाट बनेको प्रदेश सरकार संविधानको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्ने कार्यभारविपरीत नितान्त भागबण्डाको राजनीति र सत्ता टिकाउने खेलमा लागेको आरोप खतिवडाले लगाएका छन् ।

कानुनको धज्जी उडाउँदै सरकार भष्ट्राचार र कुशासनको पक्षमा लागेको पनि उनले उल्लेख गरेका छन् ।

तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले ल्याएको बजेटलाई अध्यादेशमार्फत संशोधन गर्ने क्रममा दीर्घकालीन महत्वका प्रदेश गौरवका आयोजना, बहुबर्षे आयोजनाहरुको रकम भारी कटौती गरेर सत्ता भागभण्डामा लागेको विज्ञप्तिमा जनाइएको छ ।

संविधानको मर्म र भावनाविपरीत संवैधानिक नियन्त्रण र सन्तुलन, पारदर्शिता, जवाफदेहितालाई धज्जी उडाउँदै नियमित चलिरहेको हिउँदे अधिवेशन हतारहतार पुस २५ गते समापन गरेर माघ ६ गते केही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० ल्याएर कानुन र विधिको शासनको धज्जी उढाइएको एमालेको तर्क छ ।

विज्ञप्तिमा भनिएको छ— प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ को दफा २ को खण्ड ख को परिभाषालाई प्रयोजनहीन पार्ने गरी अध्यादेशमार्फत् पूर्वमुख्यमन्त्री, सत्ता पक्षका संसदीय दलका नेता र सचेतकहरुलाई गाडी सुबिधा दिने, जनस्वास्थ्य ऐनमा संशोधन गर्दै व्यवस्थाविपरीत कार्यकर्तालाई भर्ती गर्ने उद्देश्यले ऐनमा संशोधन गर्ने, केही कर्मचारीको स्वार्थपूर्तिका लागि कर्मचारी ऐनलाई संशोधन गर्ने जस्ता कार्यले यो सरकार सत्ता टिकाउने नाममा जस्तोसुकै हर्कत गर्न अग्रसर भएको पुष्टि भएको छ ।

मुख्यमन्त्री कार्कीले पछिल्लो समय दिएका अभिव्यक्तिप्रति पनि एमालेले असन्तुष्टि देखाएको छ । मुख्यमन्त्रीका सार्वजानिक अभिव्यक्तिले मुख्यमन्त्रीको योग्यता र सरकारको हैसियत हदैसम्म गिराएको एमालेको ठहर छ ।

देशको अर्थतन्त्र दिनानुदिन ओरालो लागिरहेको परिस्थितिमा जनताबाट उठाएको करबाट सत्ता साझेदार दलका नेतालाई गाडी सुबिधा दिने कानुन बनाउनुले यो सरकार जनताको समस्याप्रति कति पनि जबाफदेही नभएको र सत्ता टिकाउनमा नै लिप्त रहेको पुष्टि भएको प्रदेश अध्यक्ष खतिवडाको भनाइ छ ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० १0:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट