sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १८, २०८१ १३:४१
पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ

इलाम-२ काे उपनिर्वाचनमा पराजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन याेङहाङ लिम्बुले आगामी दिनमा पनि भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

पराजयपछि आफूलाई मतदान गर्ने इलामेली जनतालाई धन्यवाद दिँदै उनले आगामी दिनमा पनि निरन्तर साथमा रहने प्रतिबद्धता व्यक्त गरेका हुन्।

‘इलाम र इलामेली जनताको हरेक सुख र दुःखमा मेरो सहभागिता रहनेछ। इलामको विकासमा र इलामेली जनताका इच्छा, आकांक्षा पूरा गर्ने सन्दर्भमा मबाट सदा इमान्दार प्रयत्न हुनेछ,’ मिलनले सामाजिक सञ्जालबाट भनेका छन्, ‘नेपालको राजनीतिमा कायम रहेका विकृति, विसङ्गति, भ्रष्टाचार, बेथिति इत्यादिविरुद्ध निरन्तर हामी घण्टी बजाइरहने छौँ।’

शनिबार भएकाे इलाम-२ काे उपनिर्वाचनमा मिलनले जमानत नै जफत हुने गरी नमिठाे हार व्यहाेरेका थिए। एमालेका उम्मेदवार सुहामङ नेम्वाङले जिते निर्वाचनमा उनी पाँच हजार मत कटाएर चाैथाे स्थानमा छन्।

प्रेस विज्ञप्ति :

हार्दिक आभार एवम् धन्यवाद !
प्रिय इलामेली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरु !
सर्वप्रथम यहाँहरु सबैमा हार्दिक आभार र धन्यवाद व्यक्त गर्दछु।

नेपालको राजनीतिक प्रणालीलाई थप सुदृढ गर्न र दलीय प्रतिस्पर्धासहितको लोकतन्त्रलाई मजबुद पार्न यहाँहरुले गर्नुभएको मतदान आफैमा एउटा बलियो आधारस्तम्भ हो भन्ने मलाई लागेको छ।

निश्चय पनि निर्वाचनको प्राविधिक पक्ष प्रतिस्पर्धीहरुमध्येबाट एक जनाले श्रेष्ठता हाँसिल गर्ने प्रणाली हो।

चुनावी मैदानमा हामी प्रतिस्पर्धीहरु मध्येबाट विजयी हुनुहुने सुहाङ नेम्बाङले प्रतिस्पर्धा जित्नुभएको छ। उहाँलाई म र मेरो पार्टीको तर्फबाट हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु।

राजनीतिक रूपमा संघीय संसदमा इलाम-२ को प्रतिनिधिविहीनता अन्त्य भएको छ। त्यसको श्रेय तपाई हमी सबै इलाम-२ वासीलाई जान्छ। यसर्थ, यस उपनिर्वाचन हमी सबैको निम्ति उत्साह र खुशीको पल हो।

निर्वाचन प्रचार प्रसारका दौरान मलाई र मेरो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनतामाझ पुर्याउन अहोरात्र खट्नु हुने पार्टीका सभापति, उपसभापति, केन्द्रीय नेतृत्व लगायत नेता, कार्यकर्ताज्यूहरुमा हार्दिक आभार व्यक्त गर्दछु। मलाई मुठ्ठी दान गरेर सहयोग गर्नुहुने, नैतिक, प्राविधि र अन्य किसिमले सहयोग गर्नुहुने सबैमा एकपुष्ट आभार र धन्यवाद व्यक्त गर्दछु।

मलाई र मेरो पार्टी रास्वपालाई विश्वास गरेर मतदान गरिदिनुहुने सम्पूर्ण मेरा मतदाता र इलाम-२ का आम मतदाताप्रति कृतज्ञ छु र रहिरहने छु। मैले उम्मेद्वार हुँदैगर्दा नै भनेको छु– म निर्वाचनमा विजयी हुँदा वा नहुँदा पनि सदा तपाईहरुको साथमा हुनेछु।

इलाम र इलामेली जनताको हरेक सुख र दुःखमा मेरो सहभागिता रहनेछ। इलामको विकासमा र इलामेली जनताका इच्छा, आकांक्षा पूरा गर्ने सन्दर्भमा मबाट सदा इमान्दार प्रयत्न हुनेछ।

नेपालको राजनीतिमा कायम रहेका विकृति, विसङ्गति, भ्रष्टाचार, बेथिति इत्यादिविरुद्ध निरन्तर हामी घण्टी बजाइरहने छौं।

मुलुकमा सुशासन, सबैको आत्मसम्मान र सामाजिक न्यायसहितको उन्नत लोकतन्त्र, संघीय गणतन्त्रका पक्षमा काम गरिरहने छौँ।

मिलनकुमार योङहाङ लिम्बू
रास्वपा उम्मेद्वार
इलाम २, उपनिर्वाचन

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १८, २०८१ १३:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid