April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित

  • साझा परिवेश
  • शुक्रबार, असार ८, २०८० १३:५९
काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित
  • आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भयो 
  • १७ जना कार्यपालिका सदस्यहरुले आ-आफ्नो धारणा राखे
  • सहकारीमा रहेको जोखिमयुक्त बचतलाई जोगाइदिन महानगरलाई आग्रह

काठमाडौं ।।

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष (आव) २०८०-८१ को नीति तथा कार्यक्रम पारित भएको छ । शुक्रबार राष्ट्रिय सभा गृहमा बसेको नगरसभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको हो ।

‘सांस्कृतिक शहर, समृद्ध महानगर’को नारा सहित आएको नीति तथा कार्यक्रममा १७ जना कार्यपालिका सदस्यहरुले आ-आफ्नो धारणा राखेका थिए ।

नगरसभा सदस्यहरुले सरसफाइमा प्रविधि र उपकरण थप गर्ने, विद्यालयमा दिइँदै आएको दिवा खाजाको रकम पुनरवलोकन गर्नुपर्ने विषय उठाएका थिए । यस्तै लामो समयदेखि करार सेवामा रहेका कर्मचारीहरुलाई प्रक्रिया पूरा गरेर स्थायित्व प्रदान गर्नु पर्ने, निःशुल्क वितरण हुने औषधि वडाबाट प्रदान गरिनुपर्ने, सहकारीमा रहेको जोखिमयुक्त बचतलाई जोगाइदिनु पर्ने लगायतका सुझाव उनीहरुले दिएका थिए ।

प्रस्तुत नीति तथा कार्यक्रममाथि नगरसभा सदस्यहरु नवराज पराजुली, न्हुच्छेकाजी महर्जन, विमल होडा, गायत्री पुडासैनी, भगवान बुढाथोकी, शारदा सुवेदी, कल्पना सुन्दास, हर्कबहादुर खाती, आशा श्रेष्ठ रौनियार, श्रीराम राई, टेकराज अधिकारी, सन्तोष ढुङ्गेल, सरु अधिकारी, सन्ध्या खनाल, रत्नाकर बज्राचार्य, रसला तण्डुकार र शर्मिला परियारले टिप्पणी गरेका थिए ।

महानगरले आगामी आवको नीति तथा कार्यक्रममा वन स्टप सर्भिस सेन्टरमा आधारित यातायात प्रणाली सञ्चालन गर्ने, परम्परागत खाद्य तथा पेय पदार्थको ब्राण्डिङ गरेर निर्यात गर्ने, १० वटा महानगर गौरवका योजना सञ्चालन गर्ने, शहरी सेवा, सुविधा र शहरी शासनका सवाललाई दिगो बनाउन स्वर्णिम योजना सञ्चालन गर्ने लगायतका कार्यक्रम समावेश छन्।

  • साझा परिवेश
  • शुक्रबार, असार ८, २०८० १३:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।