May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु

  • साझा परिवेश
  • आइतवार, बैशाख २३, २०८१ १५:३९
काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंमा छुट्टाछुट्टै सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–३ महाराजगञ्जमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चक्रपथबाट पानीपोखरीतर्फ जाँदै गरेको बा ८७ प ७२९४ नम्बरको स्कुटर शनिबार राति दुर्घटना भएको थियो । दुर्घटनामा स्कुटर चालक ओखलढुङ्गा मोलुङ गाउँपालिका–४ घर भई काठमाडौं तार्केश्वर नगरपालिका बस्ने ५५ वर्षीय ओमप्रसाद दाहालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी काठमाडौंको शंखरापुर नगरपालिका–९ खुलालटारमा बागमती प्रदेश ०२–०२५ प २२०१ को स्कुटर र बा ३ ख ५२८० नम्बरको बस एकआपसमा ठोक्किएका छन् ।

दुर्घटना हुँदा स्कुटर चालक शंखरापुर नगरपालिका– ६ साँखु बस्ने २४ वर्षीय रश्मिन श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख २३, २०८१ १५:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।