sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आन्दोलनरत दुग्ध किसान र सरकारबीच ५ बुँदे सहमति

  • साझा परिवेश
  • आइतवार, फाल्गुन २०, २०८० 0८:0८
आन्दोलनरत दुग्ध किसान र सरकारबीच ५ बुँदे सहमति

आन्दोलनरत दुग्ध किसान र सरकारबीच ५ बुँदे सहमति
सरकार र आन्दोलनरत दुग्ध किसानबीच पाँच बुँदे सहमति भएको छ। दुग्ध किसानहरूको पुस मसान्तसम्मको भुक्तानी बक्यौता चैत २१ गतेभित्र गरिसक्नुपर्ने सहमति भएको हो।

शनिबार कृषि मन्त्री बेदुराम भुसालको उपस्थितिमा वार्ता टोलीले प्रत्येक उद्योगले सहकारीबाट खरिद गरिरहेको दूधको परिमाणलाई नघटाई मिल्क होलिड नहुनेगरी निरन्तर खरिद गर्ने सहमतिसमेत भएको हो।

त्यस्तै दुग्ध उद्योगीहरूले दूध तथा दुग्ध पदार्थ निर्यातका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आवश्यक समन्वय गर्ने र दूध तथा दुग्ध पदार्थहरूको निर्यात प्रवर्द्धनसम्बन्धी विषय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने सहमति भएको मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै सरकारले पशुपालक किसानलाई दिइरहेको कृषि तथा पशुपन्छी बीमा कार्यक्रमलाई निरन्तरता दिने र केन्द्रीय दुग्ध सहकारी संघको मागलाई सम्बोधनका लागि पहल गर्ने सहमति भएको हो।

दुई पक्षबीच सहमति भएसँगै निर्धारित आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ। दुग्ध किसानहरूले बक्यौता रकमको माग गर्दै गत फागुन ८ गतेदेखि आन्दोलन गर्दै आएका थिए।

  • साझा परिवेश
  • आइतवार, फाल्गुन २०, २०८० 0८:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid