May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न

  • साझा परिवेश
  • सोमवार, बैशाख २४, २०८१ १४:५१
सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम  सम्पन्न

सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार भएको सपथग्रहण कार्यक्रममा सार्क चेम्बर अफ कर्मसका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षहरु, केन्द्रीय सदस्यहरु, कोशि प्रदेशका अध्यक्ष राजेन्द्र राउत, विभिन्न जिल्ला / नगर उद्योग वाणिज्य संगका अध्यक्षहरु, नगरप्रमुख केदार प्रसाद गुरगाई , राजनैतिक दलका प्रमुख, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्ण प्रसाद रिजालले आफ्नो सफल कार्यकाल पुरा गर्दै नवनिर्वाचित अध्यक्ष नारायण कार्कीलाइ पद हस्तानान्तरण गरेका हुन ।

कार्यसमितीको वरिष्ठ उपाध्यक्षमा ज्ञानप्रसाद ढकाल,प्रथम उपाध्यक्ष डोलेश्वर तिम्सिना (नविन) उद्योग उपाध्यक्षमा नगेन्द्रप्रसाद दाहाल,वाणिज्य उपाध्यक्षमा उज्वल थापा अन्तराष्ट्रिय उपाध्यक्षमा डिल्लीप्रसाद ढकाल महासचिवमा हरि कार्की उपमहासचिव रामकृष्ण खड्का उद्योग सचिवमा शारदा प्रसाद ढकाल वाणिज्य सचिवमा रामकुमार बस्नेत (विप्लव),एसोसिएट सचिवमा मनोज गुरागाई कोषाध्यक्षमा कृष्ण प्रसाद ओझा लेखा समिति संयोजकमा रुद्र थापा लेखा सदस्यमा धरणीधर दाहाल र कृष्ण प्रसाद आचार्य खुल्ला सदस्यहरुमा माधव शिवा,मोहन पोख्रेल,नवराज खरेल,गोपाल फुयाल ,टिकाबहादुर कडेल,प्रदिप मास्के महिला सदस्यहरुमा यसोदा चापागाईं ,अनिता अधिकारी,पद्मा भट्टराई खुद्रा व्यवसायी संघबाट कृष्ण प्रसाद पराजुली होटल तथा पर्यटन सदस्य संघबाटआकाश दुलाल,सुनचाँदी व्यवसायी संघबाट सुजाता पौडेल सदस्यमा निर्वाचित भएका हुन ।

अहिलेको बजार आर्थिक संकटबाट गूज्रिरहेको अबस्थामा सून्दरहरैँचा उद्योग वाणिज्य संघले सर्वसम्मत रुपमा समिती चयन गर्ने निर्णय गरेको थियो । सोहि अनूरुप सून्दरहरैचामा क्रियासिल राजनैतिक दललाई पनि पाटीगत रुपमा उम्मेदवार नउठाउन र सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नका लागीआग्रह गरे अनूसार राजनैतिक दलहरुले पनि सबै राजनैतिक दलको प्रतिनिधित्व हुने गरि सहमति गरेका थिए । सोहि अनूसार सबैको सहमतिमा नयाँ कार्यसमिती चयन गरेका नवनिर्वाचित अध्यक्ष नारायण कार्कीले बताए ।

  • साझा परिवेश
  • सोमवार, बैशाख २४, २०८१ १४:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।