May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

ॐ शब्द हटाउन खोजिएको कुरा स्वीकार्न सकिन्न : राप्रपा

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १२:५0
ॐ शब्द हटाउन खोजिएको कुरा स्वीकार्न सकिन्न  : राप्रपा
  • शब्दकोशबाट ॐ शब्द हटाउन खोजिएको भन्दै आपत्ति
  • प्रज्ञा प्रतिष्ठानका उपकुलपति भुपाल राइसँग भेटघाट गरी छलफल
  • ॐ केवल पवित्र ध्वनि मात्र होइन 
  • यो अनन्त र सनातन शक्तिको श्रोत र प्रतीक पनि हो 

काठमाडौँ ।।

राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली शब्दकोशबाट ॐ शब्द हटाउन खोजिएको भन्दै आपत्ति जनाएको छ। सो सम्बन्धी सत्यतथ्य बुझ्न राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् संसदीय दलका उपनेता बुद्धिमान तामाङको नेतृत्वमा गएको पार्टीको टोलीले आज नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति भुपाल राइसँग भेटघाट गरी छलफल गरेको छ।

समाचारमा आएका विषयमा कुनै सत्यता नभएको प्रज्ञा प्रतिष्ठानले राप्रपाको टोलीलाइ आश्वस्त तुल्याएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जनाएका छन्। त्यसअवसरमा राप्रपाले सम्मानित संस्थाहरुले आफ्नो साख भत्किन दिन नहुनेमा सजग हुनुपर्ने र स्थापित संस्थाहरूको विश्वसनीयता कायम हुनुपर्नेमा प्रतिष्ठानको ध्यानाकर्षण गराएको छ।

‘ॐ केवल पवित्र ध्वनि मात्र होइन, यो अनन्त र सनातन शक्तिको श्रोत र प्रतीक पनि भएको र यो शब्द विश्वका प्रायः सबै मुख्य संस्कृतिसँग सम्बन्धित पनि भएकाले यो शब्दको संवेदनशीलतामाथि हुने खेलवाड अस्वीकार्य हुने’ राप्रपाले प्रष्ट पारेको छ।

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १२:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।