April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

कारोबार रकम बढेपनि लगातार घट्दै सेयर बजार

  • साझा परिवेश
  • बिहिबार, मंसिर १४, २०८० १६:२१
कारोबार रकम बढेपनि लगातार घट्दै सेयर बजार
  • सेयर बजार चौथो दिन बिहीबार पनि घटेर बन्द
  • गिरावटसँगै नेप्से १८५८.५३ विन्दुमा कायम
  • बिहीबार कारोबार रकम भने बढेको अवस्था 

काठमाडौं ।।

सोमबारदेखि लगातार घटेको सेयर बजार चौथो दिन बिहीबार पनि घटेर बन्द भएको छ । सोमबार ११, मंगलबार २, बुधबार १७.९ र बिहीबार १८ अंकले बजार घटेको हो । सो गिरावटसँगै नेप्से १८५८.५३ विन्दुमा कायम भएको छ ।बिहीबार कारोबार रकम भने बढेको छ । अघिल्लो दिन १ अर्ब १ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार १ अर्ब ३२ करोडको कारोबार भयो । कुल ३२ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ६ को स्थिर रह्यो ।

सबै क्षेत्रका सूचकहरु घटेका छन् । फाइनान्स र होटल समूहको सूचक सबैभन्दा धेरै १.५ प्रतिशत घट्यो । अंकका आधारमा बैंकिङ १०, विकास बैंक २१, फाइनान्स २६, होटल तथा पर्यटन ८१, जलविद्युत् ३४, जीवन बीमा १००, उत्पादन तथा प्रशोधन ३८, माइक्रोफाइनान्स २१, निर्जीवन बीमा ६५, अन्य ७ र ब्यापार उपसमूह ९ अंक घटे । रुरु जलविद्युत् आयोजनाको मूल्य सबैभन्दा धेरै ५.६ प्रतिशत बढ्यो ।

छिमेक लघुवित्तको ३.४ तथा मिथिला लघुवित्तको मूल्य २ प्रतिशत बढ्यो । विजय लघुवित्त, माउन्टेन इनर्जी र युनाइटेड इदी मर्दीको मूल्य १० प्रतिशत घट्यो । खानीखोला हाइड्रोको मूल्य ५.६, कुथेली बुकरीको मूल्य ५.५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल इन्स्योरेन्स संस्थापक समूह, सोनापुर मिनरल्स, युनाइटेड इदी मर्दी, सोल्टी होटल र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर १४, २०८० १६:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।