July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला

  • साझा परिवेश
  • बुधबार, बैशाख २६, २०८१ १0:४२
झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला

झापाको बिर्तामोड–४ मा एक वृद्धा घरमै मृत अवस्थामा फेला परेको झापा प्रहरीले जनाएको छ ।घटना शङ्कास्पद देखिएकोले सुनसरीको धरानबाट कुकुरसहितको टोली मगाइएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए ।

उक्त घटनास्थलमा झापाका प्रहरी प्रमुख मिलन केसीसहितको टोली आइसकेको छ । ‘प्रहरीले घटनास्थललाई सुरक्षित राखेको छ,’ एसपी केसीले भने, ‘घटना शङ्कास्पद देखिएको हो, अहिले नै हत्या भएको वा नभएको भन्ने अवस्था छैन ।’
कुकुर आएपछि घटना बारेमा थप कुरा बाहिर आउने उनको भनाई छ ।

यता स्थानीयका अनुसार गएराती गाउँमा चोर आएको थियो । गाउँलेले चोर आएको थाहा पाएपछि लखेटेका थिए । त्यही चोरले एक्लै बस्दै आएकी वृद्धालाई मारेको हो कि भन्ने आशङ्का स्थानीयले गरेका छन् ।

  • साझा परिवेश
  • बुधबार, बैशाख २६, २०८१ १0:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्