चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकले अमेरिका सरकारविरुद्ध मुद्दा हालेको छ ।
अमेरिकाले हालै टिकटकको अमेरिकी व्यवसाय बेच्न होइन भने प्रतिबन्धको सामना गर्न कम्पनीलाई बाध्य बनाउने कानुन पारित गरेको थियो । सो कानुनको विरुद्धमा टिकटक मङ्गलवार अदालतमा गएको हो ।
अप्रिलमा बाइडेनले अप्रिलमा टिकटक बेच्न मातृ कम्पनी बाइटडान्सालाई ९ महिनाभित्रका समय दिने विधेयकलाई कानुनमा हस्ताक्षर गरेका थिए । व्यवसाय बेच्ने प्रक्रियामा प्रगति भइरहेको देखिएमा कम्पनीले थप ३ महिनाको म्याद पनि पाउनेछ । टिकटकको व्यवसाय बेच्ने कुरा व्यावसायिक, प्राविधिक र कानुनी रूपमै समेत सम्भव नभएको टिकटकको तर्क छ ।
कङ्ग्रेसले इतिहासमै पहिलो पटक प्लेटफर्मको नाम तोकेर देशैभर प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ ।