April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

लुक्लाको उडान चार दिनदेखि ठप्प, मन्थलीका होटलले मनपरी गरेको पर्यटकको गुनासो

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १५:४0
लुक्लाको उडान चार दिनदेखि ठप्प, मन्थलीका होटलले मनपरी गरेको पर्यटकको गुनासो

काठमाण्डौ – सोलुखुम्बुको लुक्ला विमानस्थलमा चार दिनदेखि उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । यो बेला दैनिक ४० वटासम्म उडान हुने गरेकोमा खराब मौसमका कारण पछिल्लो ४ दिनदेखि एउटा पनि उडान हुन नसकेको लुक्ला विमानस्थल कार्यालयले जनाएको छ ।

उडान नभएपछि सयौँ पर्यटक अहिले रामेछापको मन्थलीमा अलपत्र परेका छन् । काठमाण्डौबाट लुक्ला उडान गर्दा चाप बढेको भन्दै नागरिक उड्डयन प्राधिकरणले रामेछापको मन्थलीबाट लुक्ला उडान गर्न एअरलाइन्सहरुलाई निर्देशन दिएको छ । केहीबेर मौसम खुल्दा केही हेलिकप्टर उडान भएपनि जहाजको उडान ठप्प छ ।

मन्थलीमा खोजेजस्तो होटल नभएको र भएका होटल पनि निकै महँगो भएकाले पर्यटक हैरान भएका छन् । छोटो समयको बिदा लिएर आएकाहरु निराश हुँदै फर्किएका स्थानीयले बताएका छन् । बर्खा सकिएसँगै अहिले सयौँ विदेशी र नेपाली पर्यटक सगरमाथा क्षेत्रमा जाने तयारीमा छन् ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १५:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।