काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत भएको छ ।
नोटमा नयाँ नक्सा छाप्ने सरकारको निर्णयलाई विज्ञ नेपालले ‘छिमेकीलाई उत्तेजित गराउने काम’ भन्नुभएका कारण उनी विवादमा आएका थिए ।
उनको अभिव्यक्तिलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतले कडा आलोचना गरेका थिए । नागरिक अगुवाले पनि नेपालको राजिनामा माग गरेका थिए । विवादमा आएपछि उहाँले राष्ट्रपति पौडेल समक्ष दिएको राजिनामा आज स्वीकृत भएको हो ।