April 25, 2024 | बिहिबार, बैशाख १३, २०८१
सुचनाहरु
दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा सुनचाँदीको मूल्य घट्यो भोलीदेखि सुरुहुने कक्षा १२ को परिक्षामा झण्डै ५ लाख परिक्षार्थी आईपीएलमा आज सनराइजर्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दै कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने स्पेनमा प्रधानमन्त्री पत्नीलाई भ्रष्टाचारको आरोप परालको कुन्युबाट सल्किएको आगोले महोत्तरीमा १०० बढी घर ध्वस्त अमेरिकामा प्रतिबन्ध हुन सक्ने कानुनविरुद्ध टिकटक अदालत जाने आइपिएल : गुजरातलाइ दिल्लीले जित्यो कस्तो रहला आजको मौसम ? उपनिर्वाचन : आजबाट प्रचारप्रसार निषेध सामान्य अंकले बढ्यो नेप्से नेपाललाई ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयकाे आग्रह नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार कतारका राजा स्वदेश फिर्ता नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी सानो आकारमा मन्त्रिपरिषद् बिस्तार गर्दै मुख्यमन्त्री कँडेल, माओवादीबाट परियार मन्त्री बन्ने

फुपुकी छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा किशोर पक्राउ

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १७:0९
फुपुकी छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा किशोर पक्राउ

पोखरा । फुपूको छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखराका एक किशोर पक्राउ परेका छन् । १४ वर्षीया बालिकाका परिवारको जाहेरीपछि बाल यौन दुर्व्यवहारको आरोपमा किशोर पक्राउ परेका हुन ।

किशोरीले आफूमाथि मामाको छोराबाट यौन दुर्व्यवहार भएको भन्दै दुई दिनअघि टिकटकमार्फत घटना सार्वजनिक गरेकी थिइन् । आइतवार पक्राउ परेका किशोरलाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी बाल निगरानी कक्षमा राखिएको छ ।

किशोरीले टिकटकमार्फत आफू मामाको घरमा गएर बस्दा मामाको छोराले पटकपटक यौन दुर्व्यवहार गरेको जनाएकी थिइन । उनका अनुसार मामा माइजुलाई भन्दा उल्टै गाली गरेको र मामाको छोराले आफूलाई ज्यान मार्ने धम्कीसमेत दिएका थिए । जसका कारण आफुले नाडी काटनु परेको तथार आत्महत्याको सोचसमेत आएको उनले टिकटकमार्फत सार्वजनिक गरेकी थिइन ।

टिकटकमार्पफत सो घटना सार्बजनिक भएपछि किशोरीको परिवारको जाहेरीको आधारमा किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार अदालतबाट म्याद थप भएका किशोर माथी अनुसन्धान कार्य अगाडि बढाएईएको छ ।

दुबै किशोर भएकाले प्रहरीले औपचारिक रुपमा भने नाम भने सार्वजनिक गरेको छैन ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १७:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट