September 8, 2024 | आइतवार, भदौ २३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन

  • साझा परिवेश
  • आइतवार, बैशाख ३०, २०८१ २0:४७
सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको  सडकमा व्हिलचियर आन्दोलन

भेषराज गौतम

३० बैशाख ,काठमाडौँ / अतिअशक्त अपाङ्गता भएका व्यक्तिहरुको लागि आवश्यक सामुदायिक एबम व्यक्तिगत सहयोग सेवासम्बन्धी सरकारले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै अपाङ्गता भएका व्यक्तिहरूले राजधानीमा आज आइतबार १५ मिनेट चक्काजाम सहित विरोध प्रदर्शन गरेकाछन ।

नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र तनहुँको म्याग्दे गाउँपालिका ७ का दीपक भण्डारीबिच सामुदायिक तथा व्यक्तिगत सहयोगी सेवा सुरुवातगर्ने भन्दै गरेको सहमति पालना नभएको भन्दै अपाङ्गता भएका ब्यक्तिहरु राजधानिको सडकमा विरोधमा उत्रिएको सम्झौता कार्यान्वयन संघर्ष समितिका सडक आन्दोलन संयोजक विकाश थापाले बताएका ।

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी नियमावली २०७७ को नियम ९ ले व्यवस्था गरेको सामुदायिक सहायता सेवालाई यसै बर्षको वैशाख १ गतेबाट सुरुवात गर्नेगरी भएको सहमतिलाई सरकारले कार्यान्वयन नगरेको भन्दै आन्दोलनमा आउनुपरेको बौद्दिक अपाङ्गता अभिभावक महासंघ नेपालका अध्यक्ष राजु बस्नेतले बताए ।

तनहुँका दीपक भण्डारीले २०८० चैत ६ गतेदेखि अनिश्चितकालीन धर्नामा बसेपछी गत बर्षको चैत १४ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र भण्डारीबीच यसै बर्षको बैशाख पहिलो सातादेखि कार्यान्वयनगर्ने सहमती भएको थियो ।

तर उक्त सहमती कार्यान्वयन नभएको भन्दै तिनै भण्डारी हालपनि शान्तिबाटिकामा निरन्तर अनसनमा पुनः बसेकाछन् ।

भण्डारीका जायज मागहरुलाई सम्बोधन गरी उनको जीवन रक्षाका लागि राष्ट्रिय अपाङ्ग महासंघ सहितका अन्य अपाङ्गता सम्बन्धी कामगर्ने संघसस्थाहरु र अपाङ्गता अधिकारकर्मीहरु एकजुट भएर आन्दोलनमा होमिएका हुन् ।

अपाङ्गता भएका ब्यक्तिहरुले आफुहरुका जायज मागहरु सम्बोधन नगरे राजधानीको मुख्य सडक घन्टौंसम्म अवरुद्दगर्ने जनाएका छन ।
माग सम्बोधन नभए आफुहरु आमरण अनसनको स्थितिसम्म पुग्ने भन्दै सम्झौता कार्यान्वयन संघर्ष समितिले सरकारलाई चेतावनी समेत दिएको छ ।

आजको सांकेतिक कार्यक्रमलाई राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यले सम्बोधन गरेकाथिए ।
कार्यक्रम लाई सम्बोधन गर्दै अपाङ्ग महासंघ एकिबद्द भएर भण्डारीले उठाएका मागहरुको लागि सडक संघर्ष देखि सरकारसँग समवन्यकारी भूमिका खेलिरहेको स्पष्टपारे ।

आन्दोलनमा बहिरा , अटिजम , दृष्टिबिहिन , बौद्दिक अपाङ्गता तथा मेरुदण्ड पक्षघात लगायतका अपाङ्गता भएका सयौं व्यक्तिहरुले सहभागिता जनाएका थिए ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३०, २०८१ २0:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्