May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द

अख्तियारले छानबिन गरोस् क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको : ओली

  • साझा परिवेश
  • बिहिबार, बैशाख २८, २०८० १३:0२
अख्तियारले छानबिन गरोस् क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको  : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेका छन् ।

केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै राज्यको ढुकुटी अनुचित ढंगले छलछाम गरेर खल्तीमा हाल्ने कुरा भ्रष्टाचार नै भएको दाबी गरे । उनले भने, ‘अहिले कर्मचारीलाई तलब खुवाउन मुस्किल पर्ने अवस्था छ । तर, अयोग्य लडाकुलाई दुई लाख बाँड्ने भनेर एकलौटी निर्णय गरेर अगाडि बढ्न खोजिरहेका छन् ।

माओवादी केन्द्रको जसले सरकारको नेतृत्व गरिरहेको छ उहाँहरू सरकारबाट बलजफ्ती निर्णय गराउने र एक लाख ५० हजारजति कार्यकर्तालाई दिने र फेरि त्यो आफैँ लिने पहिले पनि क्यान्टोनमेन्टको सवालमा त्यस्तो भएको छ ।’

क्याटोनमेन्टको नाममा नभएका व्यक्तिको नाममा अर्बौँ पैसा घोटाला भएको बताए । ‘राज्यको ढुकुटी अनुचित ढंगले छलछाप गरेर खल्तीमा हाल्ने कुरा भनेको भ्रष्टाचार नै हो । जो सुकैले गरेको हो । त्यो भ्रष्टाचारको बारेमा कोही बोल्न तयार छैन । राज्यको पैसा व्यक्ति वा संस्थाले अर्बौ रूपैयाँ कुम्ल्याएका छन् ।

अख्तियारले होल्ड गरेर राखेको छ’ उनले भने, ‘म भन्न चाहन्छु कि खुट्टा कमाउनुहुन्छ त्यसबारे छानबिन गर्नुस् ।’ सरकारको विरोधमा बोल्नसाथ स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी गएको उनको भनाइ छ ।

 

  • साझा परिवेश
  • बिहिबार, बैशाख २८, २०८० १३:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।